झापा, २३ साउन। नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
आज दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तीलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’
नेपाली सेना, जनपद र सशस्त्र प्रहरी लगायत स्थानीय घटनास्थलमा पुगेका छन् ।
Discussion about this post