झापा, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ र नेपाली नागरिक (पाइलट) रहेको खुलेको छ ।
पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए ।
केसीका अनुसार ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी र क्याप्टेन के मल्ल छन् ।
आज दिउँसाे २ वजे रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।
Discussion about this post