मेचीनगर, २५ साउन । मेची चेम्बर अफ कमर्स मेचीनगरको अध्यक्षमा रविन वस्नेत सर्वसम्मत निर्वाचित चयन भएका छन् ।
आज धुलाबारी स्थित छहारी होटलमा मेची चेम्बर अफ कमर्सको पाँचौँ बार्षिक साधारण सभाले युवा समाजसेवी वस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विवेक पुरी, बाणिज्य उपाध्यक्षमा कृष्णकुमार पनेरु, उद्योग उपाध्यक्षमा भिमबहादुर कुँवर, महासचिवमा प्रकाश खड्का, सचिवमा सालिग्राम दाहाल, कोषाध्यक्षमा सृजना पाण्डे र सहकोषाध्यक्षमा सुरज चौधरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा उदय बराइली, लसुदा श्रेष्ठ, शान्तिराम चिमरिया, किरण श्रेष्ठ, राजिव रौनियार, रोहित शाह, बिक्रम राई, शुशान्त कार्की र शुवर्ण भट्टराई छन् ।
सर्वसम्मत नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसहित निर्वाचन समिति संयोजक अजय घिमिरेले पद तथा गोपनियताको सपथ गराएका थिए । २ वर्षे कार्यकाल रहने समितिको २० जनाको कार्यसमितिमा १७ जना सर्वसम्मत भएका छन् भने अध्यक्ष वस्नेतले ३ जना सदस्य मनोनित गरेका छन् ।
मनोनित सदस्यहरुमा ओमनाथ भण्डारी, यामबहादुर बुढाथोकी र लीलाविष्ट तिवारी रहेका छन् । मनोनित सदस्यहरुलाई अध्यक्ष वस्नेतले पद तथा गोपनियताको सपथ गराए ।
संघले ३ जनाको निर्वाचन समिति बनाएको थियो । निर्वाचन समिति सदस्यमा वीपी भट्टराई र केशव दाहाल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेची च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् झापा अध्यक्ष ओम विमली, प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्य, नेपाल कुचो व्यवसायी संघ अध्यक्ष तेजु प्रसाई, व्यवसायी एवम् समाजसेवी पुनित वंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष वस्नेतले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए । उनले भाषणमा भन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले अन्यायमा परेका उद्योगी–व्यवसायीको हितमा जतिखेर पनि सहयोग गर्ने दावी गरे ।
चेम्बरमा २०० जना जति आजिवन सदस्यसहित उद्योगी–व्यवसायीहरु आवद्व रहेका छन् । संघले ढेड वर्षदेखि उत्पतिको प्रमाणपत्रको सिफारिस दिने गरेको छ । व्यापारीहरुको सहजताका लागि अन्तशुल्क, पान, भ्याट, करचुक्ता, नविकरण लगायतका कामहरु निःशुल्क रुपमा सहजकिरण गरिदिने गरेको छ ।
मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुकमिणा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उद्योग उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।
Discussion about this post