मेचीनगर, २५ साउन । सगरमाथा यातायात प्रालिले आफ्ना सबै शाखा काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षणसहित सम्मान गरेको छ ।
आज सगरमाथा यातायात प्रालिको मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग पछाडि रहेको मुख्य कार्यालयमा विराटनगर, धरान, इटहरी र झापाका काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षणसहित सम्मान गरेको हो ।
प्रालिका अध्यक्ष नविन कोइरालाले यातायात क्षेत्रलाई गाडी लाइनका व्यवसायी, मजदुर र कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण ठिक नभएकोले त्यसलाई सभ्य र मर्यादित बनाउने उदेश्यले पहिलो चरणमा काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षण दिइएको बताए ।
उनले यातायात क्षेत्रमा लामो समयदेखि गरेको योगदानलाई पनि आधारित गरेर इन्चार्जहरुलाई सम्मान समेत गरिएको जानकारी दिए ।
यात्रुहरुको सुविधाका लागि अबको एक महिनापछि थप ६ वटा गाडी आउने क्रममा रहेको उनले बताए । प्रालिले ९५ प्रतिशत भन्सार छुटमा ३० वटा भन्दा बढी गाडीहरू ल्याएर हाल झापा, सुनसरी र मोरंगका विभिन्न रुटमा सञ्चालन गरिरहेको प्रबन्ध निर्देशक प्रविण थापाले बताए ।
अपाङ्गता, असक्त, डायलासिस गरिरहेका विरामीहरुलाई गाडी भाडामा ५० प्रतिशत छुट दिएको छ । त्यस्तै ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई यातायातमा विशेष छुट दिइएको छ ।
Discussion about this post