काँकरभिट्टा, ३० साउन । नेकपा एमाले केन्द्रीय कमिटी र झापा जिल्ला कमिटीको हालै बसेको बैठकले मेचीनगरका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको हालै बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य रविन कोइरालालाई झापा क्षेत्र नम्बर १ को इन्चार्ज तोकेको छ ।
केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीलाई झापा क्षेत्र नम्बर १ ‘ख’ को इन्चार्ज तोकेको छ । झापा क्षेत्र नम्बर १ ‘क’ को इन्चार्ज भने तोकिसकेको छैन ।
एमाले झापा जिल्ला कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले झापा क्षेत्र नम्बर १ को संयोजकमा कृष्ण कनाल र क्षेत्रिय सचिवमा राजु पोखरेललाई तोकेको छ ।
क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ को संयोजकमा रमा भण्डारी ढकाल, सहसंयोजकमा दिपक बराल र सचिवमा बर्मादेव ढुंगानालाई तोकेको छ ।
त्यस्तै प्रदेशसभा ‘ख’ को संयोजकमा संगीता थापा, सहसंयोजकमा पुरुषोतम अधिकारी र सचिवमा दुर्गा धमाललाई जिम्मेवारी दिइएको छ ।
बैठकले जनसांस्कृतिक महासंघको इञ्चार्जमा भुपाल शिवाकोटी, सहकारी विभाग प्रमुखमा रेणुका डाँगी र पर्यटन विभाग प्रमुखमा अर्जुनकुमार कार्कीलाई जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी जिल्ला कमिटीको बैठकले हरि ढुंगाना र तुलसा काफ्लेलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
Discussion about this post