२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओमनको अस्पतालमा अलपत्र मेचीनगरकी बिना कवर

साउन ३१, २०८१, ३:०९ .बिहिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ३१ साउन । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि कमाउन ओमन गएकी मेचीनगरकी बिनादेवी कवर अहिले उतैको सरकारी अस्पतालमा अचेत अवस्थामा छिन् ।

मेचीनगर–१० स्थित कवर वस्तीका चिनीलाल कवरकी श्रीमती ४५ वर्षीया बिनादेवी कवर २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन मुलुक गएकी थिइन् ।

ओमन जानुअघि १४ महिना रोजगारका लागि कुवेत गएर घर आएकी थिइन् । त्यसपछि उनी ओमन गएकी हुन् ।

झापाकै गोरे नाम गरेका एक व्यक्तिले कुनै एक कम्पनी मार्फत हाउसमेडका लागि २०७५ सालमा भारत हुँदै ओमन देश पठाएको उनका जेठा छोरा सञ्जय कवरले आज पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आमाले पैसा अलिअलि भएपनि पठाउँदै हुनु हुन्थ्यो, २०७९ माघ २३ गते अचानक विरामी भएको खवर पाएको बताए ।

‘आमालाई पेसर र सुगर भएर प्यारालाइसीस भएछ’ सञ्जयले भने–‘ढेड वर्षदेखि त्यहाँको एक अस्पतालमा कोमामा रहेको मात्र थाहा भयो । आमालाई घर ल्याउन करिव १३ लाख खर्च लाग्छ भन्ने सुने । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध छ ।’

धुलाबारीका स्थानीय समाजसेवी युवा धमेन्द्र खडकाले ओमनको नेपाली दुताबासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग भिडियो कलमा सम्पर्क राख्दा उनले मस्कट शहरदेखि एक हजार १४ किलोमिटर टाडा रहेको सरकारी सुल्तान कावुस्स सलाह अस्पतालमा बिनादेवी कवरको उपचार भइरहेको जानकारी दिएका थिए ।

कन्सुलर आचार्यले उहाँलाई गरिने सबै उपचार गरिसकेको बताए । उनका अनुसार अचेत अवस्थामा हुनु हुन्छ । चेतना छ, बोली आउँदैन । मान्छे हेर्दा अलिअलि चिन्नु हुन्छ ।

उहाँलाई नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुईवटा जहाजमा परिवर्तन गर्नुपर्छ । करिव १३ लाख बढी नेपाली रुपैयाँ खर्च हुन्छ ।

पत्रकार सम्मेलनमा मेचीनगर नगरपालिका कार्यालयमा रहेको सामी संस्थाकी कर्मचारी गीता खरेलले पूर्व स्वास्थ्य मन्त्री गिरिराज पोखरेलसँग कुरा गर्दा नेपाल सरकारको खर्चमा ल्याउन सम्बन्धीत मन्त्रालयलाई जानकारी गराएको बताइन् ।

पत्रकार सम्मेलनमा विरामी बिनाकी दिदी बुल्ली कवर, जेठा छोरा सञ्जय, सामीकी कर्मचारी गीता खरेल, समाजसेवी धमेन्द्र खड्का लगायत थिए ।

विरामी बिनाका श्रीमान चिनीलाल धुलाबारीमा नै सामान्य ज्यालादारीमा काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मजदुरी गर्छन्, कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कवरको विवाह भइसकेको छ ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

अघिल्लो समाचार

रेडियो भिजनको अध्यक्षमा डालमिया, उपाध्यक्षमा ढकाल

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.