बिर्तामोड, ३१ साउन । बिर्तामोडबाट सञ्चालित रेडियो भिजनको अध्यक्षमा उद्योगी, व्यवसायीका नेता उमेश डालमिया पुनःसर्वसम्मत चयन भएका छन् ।
आज विहीबार बिर्तामोड स्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको छ । डालमिया नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् ।
साधारण सभाले झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवम् भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा, सदस्य सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा रहेका छन् । साधारण सभाले बिर्तामोड नगरपालिका मेयर एवम् सञ्चालक पवित्रा महतरा प्रसाईंको संयोजकत्वमा पाँच सदस्यीय सल्लाकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल छन् ।
रेडियो भिजनका प्रवन्ध निर्देशक एवम् सदस्य सचिव गणेश पोखरेलले सुरक्षित अवस्थामा सञ्चालन भइरहेको जानकारी गराउँदै बजार सुदृढ हुनासाथ रेडियो नाफामा जाने अवस्था रहेको जानकारी दिए ।
उनका अनुसार रेडियो भिजन २००० वाट बाट निरन्तर सञ्चालनमा आइरहेको छ । बजारको चुनौतीले गर्दा व्यापार बढाउन नसके पनि खर्च व्यवस्थापनमा मितव्ययीता अपनाएका छौं ।
रेडियो भिजनका अध्यक्ष डालमियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।




Discussion about this post