५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ठेकेदार भागेपछि ड्रेन निर्माण अलपत्र, गाउँले अख्तियार गुहार्दै

भदौ १, २०८१, ८:०१ .शनिबार
0
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

भद्रपुर, १ भदौ । निर्माण व्यवसायी (ठेकेदार)को ढिलासुस्तीले भद्रपुर नगरपालिका–९ स्थित शिव पञ्चायन मन्दिरदेखि उत्तर देवकोटा चोकसम्मको ड्रेन (नाली) निर्माण अलपत्र परेको छ ।

शिव पञ्चायन मन्दिरदेखि देवकोटा चोक सम्मको दुवै पट्टिको ३७० मिटर ड्रेन निर्माण २०८० साल माघदेखि चैत महिनामा सम्पन्न गरिसक्नु पर्ने हो । तर, ठेकेदारको ढिलासुस्तीका कारण अहिलेसम्म उक्त ड्रेन बन्न सकेको छैन ।

महेन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष इश्वरप्रसाद पोखरेलले गत माघमा सुरु भएर चैत महिनामा सम्पन्न गर्नु पर्ने ड्रेन निर्माण अहिलेसम्म सम्पन्न नगरेर अलपत्र पारेर ठेकेदार भागेको जानकारी दिए ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन कार्यालय इलामले ड्रेन निर्माणका लागि झापा भद्रपुर–८ स्थित स्नेहा निर्माण सेवालाई २०८० मंसिर ८ गते सम्झौता गरेको थियो ।

स्नेहा निर्माण सेवाका सञ्चालक असोक पुडासैनीले ५० लाखको बजेटमा उक्त ठेक्का सम्झौता ३२ लाख ९३ हजार ७७३ रुपैयाँ ७४ पैसामा गरेको अध्यक्ष पोखरेलले बताए ।

सम्झौता गरेको म्याद सकेर ४ महिना वितिसक्दा पनि ड्रेन निर्माणमा ठेकेदारले चासो नदेखाएपछि सबै गाउँलेको सल्लाह अनुसार अख्तियार र सम्बन्धीत कार्यालयमा उजुरी दिने तयारी गरिएको उनको भनाई छ ।

उनका अनुसार ड्रेन निर्माण सम्पन्न गर्न अझै ५ लाख बढीको काम बाँकी छ । मन्दिरछेउमा पानी निकास, हिरा पोखरेल छेउका बाटोमा पलम्व लाउन बाँकी छ, यज्ञ भट्टराईको छेउमा एक साइडको पलम्व लाउन बाँकी छ, मन्दिरदेखि देवकोटा चोक सम्मको बाटो पुरेर सम्याउन बाँकी रहेको छ ।

सहरी विकास तथा भवन कार्यालय इलामले ड्रेन निर्माण कार्य सम्पन्न नगरी ठेकेदारलाई भुक्तानी र सबैलाई निर्माण सम्पन्न भएको कागजमा हस्ताक्षर गर्न लगाएको अध्यक्ष पाखरेलको आरोप छ ।

उनले सहरी विकास तथा भवन कार्यालय इलामका तर्फबाट इन्जिनियर सुरजप्रसाद वस्ती र सव इन्जिनियर प्रज्वल विक्रम शाहले ड्रेन निर्माण सम्पन्न नभइ कागजमा हस्ताक्षर गर्न लगाएको बताए । यस विषयमा बुझ्न इन्जिनियर वस्ती र सव इन्जिनियर शाहसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

ठेकेदार असोक पुडासैनीले ड्रेन निर्माणको काम सबै सकिसकेको दावी गरे । उनका अनुसार पुरुवा हाल्न मात्र बाँकी छ । साउनमा जेसीवी चलाउने अपरेटरहरु विदामा हुन्छन् । त्यसैले ढिला भएको हो । बाँकी रहेको काम सोमबारदेखि सुरु गर्ने उनको भनाई छ ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

रेडियो भिजनको अध्यक्षमा डालमिया, उपाध्यक्षमा ढकाल

अघिल्लो समाचार

काँकरभिट्टामा छैठौं राष्ट्रिय बुद्वीचाल प्रतियोगिता हुने

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.