बिर्तामोड, ३१ साउन । हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको छ ।
हात्ती नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको हाे।
राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ ।
वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे ।
आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् ।
कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।
उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारवार फलदायी हुने बताइन् ।
हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने उनकाे भनाई छ ।
कार्यक्रममा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले मानव वस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताए ।
कार्यक्रममा राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने बताए ।
हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतकुमार राईले विद्युतीय तारवार निर्माणपछि स्थानीयको बाली नालीमा क्षति कम हुने विश्वास व्यक्त गरे ।
एक करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो ।
उक्त कामको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ ।
ठेक्का सम्झौता २०८१ कात्तिक २९ गते सम्ममा योजना सम्पन्न हुनेछ ।
संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमले सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरिएको थियो ।
उनले हालसम्म जलथल र चाराआली समेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार भईसकेको जानकारी दिए ।
Discussion about this post