मेचीनगर, ३० साउन । मंगलबार राति मेचीनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-१३ स्थित कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियाे ।
तीनै जना घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियाे ।
मोटरसाइकलको ठक्करबाट पैदल यात्री पहिचान नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषलाई घाइते अवस्थामा उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।
उनको उपचारको क्रममा साेहिदिन राति १० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनकाे टाउकाेमा चाेट लागेकाे थियोे ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार मेचीनगर-९ का २९ वर्षीय सागर मेचे र सोही ठाउँका २५ वर्षीय मन्दिप मेचे घाइते भएकाे प्रहरीले बताएको छ ।
उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएको थियाे ।
प्रहरीका अनुसार सागर मेचेको बुधवार (आज) दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको छ । उनकाे पनि टाउकोमा चाेट लागेकाे थियाे ।
घाइते मन्दिपकाे दुवै हात खुट्टामा चाेट लागेकाे छ । उनकाे बीएण्डसीमा उपचार भइरहेकाे छ । माेटरसाइकल प्रहरी चाैकी चारआलीकाे नियन्त्रणमा रहेकाे छ ।
Discussion about this post