३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सडक मानवको उद्धार गर्दै मेचीनगर

भदौ ७, २०८१, ३:५५ .शुक्रबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ भदौ । बेवारिसे अवस्थामा सडक पेटीमा भौतारिरहेका तीन जना सडक मानवको मेचीनगर नगरपालिकाले उद्धार गरेको छ ।

मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायतको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडक पेटी र मठमन्दिरमा रहदै आएका सडक मानवहरुलाई उद्धार गरेका हुन् ।

विभिन्न कारणले बेवारिसे अवस्थामा अव्यवस्थित रूपमा कष्टकर जीवन विताइरहेका मेचीनगर–७ मदन वस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रलाई मदन वस्ती र काँकरभिट्टाबाट विहीबार उद्धार गरिएको थियो ।

उनीहरुलाई मेयर बुढाथोकी, उपमेयर उप्रेती, मानव सेवा आश्रमका होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको टोलीले मेचीनगर–४ बाहुनडाँगी स्थित मानव सेवा आश्रममा लगेका थिए ।

उद्धार गरिएकालाई आश्रममा पुर्याएर सरसफाइ गरी, लत्ताकपडा फेरि, खाना खुवाएर टोली फर्किएको थियो । सडक मानवहरूलाई उचित रूपमा खाने, बस्ने र बिरामी हुँदा औषधि उपचारको व्यवस्था मिलाइएको छ ।

मेचीनगरसहित झापा जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमलाई अगाडि बढाउन अघिल्लो आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक बर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

मेचीनगरको सहजीकरणमा कनकाई नगरपालिकामा बसेको पालिका स्तरीय बैठकबाटै जिल्लाका कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका लगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत विनियोजन गरिसकेका छन् ।

आश्रममा २१ जना पुगे

स्थानीय रामबहादुर प्रधान दम्पतीले दुई विगाह ५ कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा अहिले मानव सेवा आश्रम सञ्चालनमा आएको छ । उक्त आश्रममा हालसम्म उद्धार गरिएका २१ जना सडक मानवलाई रेखदेख गरिरहेको छ ।

यसअघि पनि मेचीनगरले सडक मानवहरुलाई उद्धार गरेर विराटनगर र बाहुनडाँगीको आश्रममा पुर्याएको थियो ।

पछिल्लो समाचार

काँकरभिट्टामा राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता

अघिल्लो समाचार

संविधानमा ३३ प्रतिशत महिलाको अधिकार राख्न सफल : मेनुका काफ्ले

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.