४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संविधानमा ३३ प्रतिशत महिलाको अधिकार राख्न सफल : मेनुका काफ्ले

भदौ ८, २०८१, १:४४ .शनिबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ भदौ । अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले अन्य देशको तुलनामा नेपालमा महिलाको अधिकारका लागि संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता गराउन सफल भएको बताएकी छन् ।

आज काँकरभिट्टाको मेची सामुदायिक हलमा अनेम संघ मेचीनगर कमिटीको दोस्रो नगर सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि काफ्लेले यस्तो बताएकी हुन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी काफ्लेले भारतमा छैन, चीनमा १८ प्रतिशत र अमेरिकामा १३ प्रतिशत मात्र महिलालाई संविधानमा अधिकार रहेको बताइन् । संविधानमा ३३ प्रतिशत राख्न महिला आन्दोलनमा अनेम संघको भुमिका उल्लेखनीय रहेको बताइन् ।

उनका अनुसार अब निर्वाचन आयोगले पनि वडाध्यक्षका लागि ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने छ ।

उनले अब ०८४ सालको चुनावमा संघ, प्रदेश र स्थानीय तहको केहि गुमेको ठाउँलाई फिर्ता ल्याउन अनेम संघ सक्रिय भएर टोल–टोल र घर–घरमा लाग्ने दावी गरिन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, मीना पोखरेल उप्रेती, अनेम संघ झापा अध्यक्ष पवित्रा पाठक, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सम्मानित व्यक्तित्व पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा भूमिगत समयमा पार्टी र संगठनका लागि आफ्नो घरलाई सेल्टर बनाएर योगदान गर्ने मेचीनगरका महिला नेतृ विमला कुँवर, तुलसा नेपाल, कल्पना ओली सिटौला, वडा नम्बर १४ को कमिटी र संगठनलाई पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै पत्रकार अम्बिका भण्डारीलाई समेत सम्मान गरिएको छ ।

सम्मानित महिला नेतृ कुँवर, नेपाल, ओलीको प्रशंसापत्र संघकी उपाध्यक्ष हेमा सिटौलाले, वडा नम्बर १४ की पूर्व अध्यक्ष देविमाया भण्डारी टिमको प्रशंसापत्र संघकी सदस्य शुसिला दाहालले र पत्रकार भण्डारीको प्रशंसापत्र संघकी सहसचिव विनतिा उराउले बाचन गरेका थिए ।

सोही अवसरमा तीजको दर खाएर महिलाहरूले तीजका विभिन्न गीतमा नित्य गरेका थिए । देशभक्ति गीतमा निरू खवास, राजबंशी समुदाय र संगिनीमा समेत महिलाहरूले नृत्य गरेका थिए ।

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बासुरीको धुनमा राम्रा गीतहरु प्रस्तुत गरेका थिए ।

अनेम संघ मेचीनगर अध्यक्ष जानुका ओलीको अध्यक्षता, उपाध्यक्ष हेमा सिटौलाको स्वागत र सचिव अनिता गुरागाईको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको छ ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन हलले पास गरेको थियो ।

यसैबीच बन्द सत्रले आजै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

फोटो : देबेन्द्र खरेल

पछिल्लो समाचार

सडक मानवको उद्धार गर्दै मेचीनगर

अघिल्लो समाचार

अनेमसंघ मेचीनगर अध्यक्षमा हेमा सिटौला

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.