मेचीनगर, ८ भदौ । अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले अन्य देशको तुलनामा नेपालमा महिलाको अधिकारका लागि संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता गराउन सफल भएको बताएकी छन् ।
आज काँकरभिट्टाको मेची सामुदायिक हलमा अनेम संघ मेचीनगर कमिटीको दोस्रो नगर सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि काफ्लेले यस्तो बताएकी हुन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी काफ्लेले भारतमा छैन, चीनमा १८ प्रतिशत र अमेरिकामा १३ प्रतिशत मात्र महिलालाई संविधानमा अधिकार रहेको बताइन् । संविधानमा ३३ प्रतिशत राख्न महिला आन्दोलनमा अनेम संघको भुमिका उल्लेखनीय रहेको बताइन् ।
उनका अनुसार अब निर्वाचन आयोगले पनि वडाध्यक्षका लागि ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने छ ।
उनले अब ०८४ सालको चुनावमा संघ, प्रदेश र स्थानीय तहको केहि गुमेको ठाउँलाई फिर्ता ल्याउन अनेम संघ सक्रिय भएर टोल–टोल र घर–घरमा लाग्ने दावी गरिन् ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, मीना पोखरेल उप्रेती, अनेम संघ झापा अध्यक्ष पवित्रा पाठक, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सम्मानित व्यक्तित्व पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा भूमिगत समयमा पार्टी र संगठनका लागि आफ्नो घरलाई सेल्टर बनाएर योगदान गर्ने मेचीनगरका महिला नेतृ विमला कुँवर, तुलसा नेपाल, कल्पना ओली सिटौला, वडा नम्बर १४ को कमिटी र संगठनलाई पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै पत्रकार अम्बिका भण्डारीलाई समेत सम्मान गरिएको छ ।
सम्मानित महिला नेतृ कुँवर, नेपाल, ओलीको प्रशंसापत्र संघकी उपाध्यक्ष हेमा सिटौलाले, वडा नम्बर १४ की पूर्व अध्यक्ष देविमाया भण्डारी टिमको प्रशंसापत्र संघकी सदस्य शुसिला दाहालले र पत्रकार भण्डारीको प्रशंसापत्र संघकी सहसचिव विनतिा उराउले बाचन गरेका थिए ।
सोही अवसरमा तीजको दर खाएर महिलाहरूले तीजका विभिन्न गीतमा नित्य गरेका थिए । देशभक्ति गीतमा निरू खवास, राजबंशी समुदाय र संगिनीमा समेत महिलाहरूले नृत्य गरेका थिए ।
कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बासुरीको धुनमा राम्रा गीतहरु प्रस्तुत गरेका थिए ।
अनेम संघ मेचीनगर अध्यक्ष जानुका ओलीको अध्यक्षता, उपाध्यक्ष हेमा सिटौलाको स्वागत र सचिव अनिता गुरागाईको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको छ ।
अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन हलले पास गरेको थियो ।
यसैबीच बन्द सत्रले आजै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
फोटो : देबेन्द्र खरेल
Discussion about this post