मेचीनगर, १० भदौ । आज बेलुका धुलाबारीको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्राकट्य महोत्सवको अवसरमा महाआरती सम्पन्न गरिएको छ ।
कोशी प्रदेशका सांसदद्वय गोपाल तामाङ र सबिना बजगाई, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की लगायतले श्रीकृष्ण प्राकट्य महोत्सवमा महाआरतीको पूजा गरेका थिए ।
महाआरतीमा भाग लिन मेचीनगर, भद्रपुर, बिर्तामोड र अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका लगायतका क्षेत्रबाट समेत भक्तजनहरु आएका थिए ।
स्वस्ती बाचन, भजन कीर्तन, स्वागत नृत्य र प्रसाद वितरण सहित सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष रोहितकुमार बुढाथोकी, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री लगायत सयौँ भक्तजनहरुले आरतीमा सहभागी भएका थिए ।
Discussion about this post