९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

स्कुल, कलेजमा जंकफुड प्रतिबन्ध गर : नेकपा

भदौ ११, २०८१, १२:४२ .मङ्लबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड बेचबिखन नगर्न अपिल गरेको छ ।

झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ ।

नेकपाका जनवर्गिय संगठनले सोमवार बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो ।

पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालवालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रॉल, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन डिफिसीट (एडीडी), डिप्रेशन, केही क्यान्सर जस्ता दीर्घकालीन गम्भीर स्वास्थ्य समस्याहरु आउनुको कारण जंक फुड भएको उल्लेख गरेको जनाउँदै

पूर्ण रुपले शैक्षिक संस्थामा जंकफुड प्रतिबन्ध गरिने पार्टीका झापा इन्चार्ज सुमनसिंह सीले जानकारी दिए ।
जंक फूड उत्पादन गर्ने मानव स्वास्थ्य विरोधी व्यापारी र स्वास्थ्य जस्तो अति संवेदनशील विषयको प्रवाह नगर्ने शिक्षण संस्था, राज्य सरकार र समाजले जंक फुडको प्रयोगमा गम्भीर बन्नुपर्ने पार्टीका झापा सचिव संजय सीले बताएका छन् ।

शिक्षण संस्थाले सञ्चालन गरेको क्यान्टिन र अभिभावकबाट तयार गरिएको टिफिनमा समावेश सबै जंकफूडलाई तत्काल उन्मूलन गर्नुपर्ने र विद्यालय हाताभित्र जंकफुड पूर्ण निषेध गर्नुपर्ने आवश्यकता रहेको पत्रकार सम्मेलन बताइएको छ ।

अज्ञानताको कारण वा अन्य कुनै स्वार्थको कारण प्रयोगमा ल्याइएको जंकफुड पूर्णरुपमा निषेध गर्न सरोकारवाला सबैमा पार्टीले आग्रह गरेको छ । बालबालिकाहरुको सुरक्षा सम्बन्धी पनि प्रश्न खडा भएको जनाउँदै पार्टीले विद्यालय परिसरबाट बच्चा हराउने, अज्ञात रुपमा चुनौतीपूर्ण आवतजावत जस्ता घटनाहरू प्रशस्त घटिरहेको जनाएको छ ।

जसको कारण पठनपाठन र अनुशासनमा नकरात्मक प्रभाव परेकाले यसलाई नियन्त्रण गर्न प्रत्येक आवासीय र गैरआवासीय शिक्षण संस्थाको प्रवेशद्वारमा सिसि क्यामेरा जडान गर्न र सेक्युरिटी गार्ड राख्न आवश्यक रहेको बताइएको छ ।

त्यस्तै माध्यमिक र कलेज तहका केही विद्यार्थीहरू अत्याधिक दुव्र्वयसनको प्रभावमा परेको पाइएको र संविधानमा पनि शिक्षण संस्था आसपास अर्थात १०० मिटरभित्र दुव्र्वयसनजन्य वस्तु बेचविखन गर्न नपाउने प्रावधान भएको विज्ञप्तिमा उल्लेख छ । ‘कतिपय शिक्षण संस्थाहरूमा यो लागू भएको पाइएको छैन, विद्यार्थीहरु कुलतमा फस्न सक्ने संभावनालाई मध्यनजर गर्दै कडाइपूर्वक कुलतलाई उन्मुलन गर्ने कार्यमा लाग्न समेत अनुरोध गर्दछौ ।’ विज्ञप्तिमा छ ।

पार्टीले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र विद्यालयले पालना गर्नु पर्ने आधारभूत नियम लागू गर्ने अभियानसँग सहकार्य गर्न सरोकारवाला सवैमा पार्टीले अपिल गरेको छ । पार्टीले एक महिनाभित्र सवै शैक्षिक संस्थालाई जंकफुड प्रतिवन्ध गर्न आग्रह गर्दै उक्त साझा अभियान एक महिनाभित्र सरोकारवालासहित अनुगमनमा आउने जनाएको छ ।

एक महिनाभित्र सबै शिक्षण संस्थाहरुमा जंकफुडलाई पूर्ण रुपमा प्रतिबन्ध गर्न अनुरोध गर्दै अभियानलाई वेवास्ता गरे बालबालिका र विद्यार्थीको हितमा पार्टी, जनवर्गिय संगठन र सिंगो पक्तीले सशक्त संघर्ष गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा अखिल समाजवादी झापा इन्चार्ज बिनोद सी, समाजवादी ट्रेड युनियन मजदुर संगठन झापाका इन्चार्ज कुमार सी, श्रमिक समुदाय इन्चार्ज झापा गोपी सी, युवा संगठन नेपाल झापा इन्चार्ज, मणि सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी झापा इन्वार्ज रोशनी सी, किसान संगठन झापा इन्चार्ज डेननाथ सी, शिक्षक संगठन झापा इन्चार्ज भीष्म सी लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

धुलाबारीमा श्रीकृष्ण जन्माष्टमी भव्य

अघिल्लो समाचार

अर्गानिक मल बेच्दै थाेप्लेविरान महिला कृषि सहकारी

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.