२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साधारण सभा

अर्गानिक मल बेच्दै थाेप्लेविरान महिला कृषि सहकारी

भदौ १२, २०८१, ११:२१ .बुधबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ भदाै । दस वर्षअघि विपन्न महिलाहरूकाे जीवनस्तर उकास्ने लक्ष्यका साथ शेयर सदस्यबाट रू.१५ रूपैयाँ बचत गरेर स्थापना गरिएकाे मेचीनगर-९ काे थाेप्लेविरान महिला कृषि सहकारी संस्थाले अहिले किसानलाई अर्गानिक मल बिक्री गर्न थालेकाे छ ।

२०५९ साल साउन १० गते थाेप्लेविरान विकास समुहकाे १२ औँ साधारण सभाले २०७१ मंसिर १० गतेबाट यसकाे नाम परिवर्तन गरेर थाेप्लेविरान महिला कृषि सहकारी संस्था नामाकरण गरेर स्थापना गरिएको हाे ।

शेयर सदस्यबाट मासिक रू.१५ रूपैयाँ बचत गरेर सुरू गरिएको संस्थाले हाल रू.२०० बचत गर्न थालेकाे छ ।

दुई लाख ३२ हजार ५ सय शेयर पुँजीबाट सुरू संस्थाले हाल २८ लाख १२ हजार ४२० रूपैयाँ शेयर पुँजी पुर्याएकाे छ । हाल संस्थामा ४०० शेयर सदस्य छन् ।

संस्थाकाे एक कराेड ७५ लाख २५ हजार निक्षेप संकलन, २ कराेड ७ लाख ५ हजार ७६१ रूपैयाँ कर्जा प्रवाह गरेकाे छ ।

संस्थाले यस आर्थिक वर्षमा दुई लाख ५० हजार मुनाफा गरेकाे छ । संस्थाले यस आर्थिक वर्षबाट शेयर सदस्यहरूलाई २ लाखसम्म कर्जा दिने र साविककाे मेचीनगर-४,५ र ६ हाल वडा नम्बर ९ का जनतालाई समेट्ने गरी दायरा फराकिलाे पार्ने निर्णय गरेकाे छ ।

व्यापार गर्न इच्छुक शेयर सदस्यहरूलाई कृषिजन्य व्यापार गर्न संस्थाले अनुमति दिने गरेकाे छ । २०८०/८१ मा विषादी भएकाे रासायनिक मल निर्मुल पार्न अर्गानिक मल उत्पादन र बिक्री वितरण गरिरहेकाे संस्थाकी उपाध्यक्ष जानुका ओलीले बताइन् ।

´बिर्तामोडकाे हाइ हिमालयन प्रालिकाे सहकार्यमा वनमा भएका कच्चा पदार्थ दिएपछि अर्गानिक मल उत्पादन हुन्छ`, ओलीले भनिन् -´उक्त मल यहाँका किसनाहरूलाई बिक्री वितरण गरिन्छ ।` उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सामुहिक ताेरी खेती समेत गरिरहेकाे जानकारी दिइन् ।

यस वर्षदेखि नगरपालिकासँगकाे सहकार्यमा सजीउन खेती समेत गर्ने तयारी गरिएको उनले बताइन् । संस्थाले विभिन्न विज्ञहरू बाेलाएर यहाँका किसानहरूलाई विषादी मुक्त, अर्गानिक मल बनाउन, माटाे बचाउ अभियान लगायतका विषयमा  तालिम तथा छलफल गरिएकाे उनको भनाई छ ।

आज संस्थाले १०औँ साधारण सभाकाे अवसरमा उत्कृष्ट वृद्वा, उत्कृष्ट बाल बचत र उत्कृष्ट असल ऋणिलाई समेत सम्मान गरेकाे छ । सम्मानित हुनेहरूमा उत्कृष्ट वृद्वा बचत रीता सुन्दास, उत्कृष्ट बाल बचत उपशना आचार्य र उत्कृष्ट असल ऋणि मनमाया लिम्बु रहेका छन् ।

उनीहरूलाई कार्यक्रकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पाेखरेल उप्रेती, थाेप्लेविरान महिला कृषि सहकारीकी अध्यक्ष डम्बरकुमारी प्रधान, उपाध्यक्ष ओली लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर उप्रेती, थाेप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण काेइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर-९ कि वडा सदस्य सुष्मा कार्की डाेली, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थाेप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, थाेप्लेविरान महिला कृषि सहकारीकी संस्थापक अध्यक्ष बिना चापागाई, पूर्व अध्यक्ष मञ्जु कट्टेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

साेहि अवसरमा संस्थाकाे साधारण सभासँगै नेपालीहरूकाे महान पर्व हरितालिका तीजकाे दर पनि खाएर महिलाहरू छमछम नाचेका थिए ।

थाेप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधानकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागतसहित उपाध्यक्ष जानुका ओलीले बार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत संयाेजक इश्वरा चाैलागाईले र सञ्चालन सचिव तारा पाैडेलले गरिन् ।

पछिल्लो समाचार

स्कुल, कलेजमा जंकफुड प्रतिबन्ध गर : नेकपा

अघिल्लो समाचार

कर कार्यालयसँग उद्योगी-व्यवसायीकाे गुनासाे

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.