पोखरा, १७ भदौ । भर्खरै गठन भएको गण्डकी सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालय हेरफेरमा चित्तनबुझेपछि राजीनामा दिएका छन् ।
मन्त्री गुरुङले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पत्र पठाएका हुन् ।
यसअघि सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जुनियरलाई दिने मन्त्रालय दिएको भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि पोखेका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट गुरुङ बाहिर निस्किएका थिए ।
उनले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेका थिए ।
Discussion about this post