१८ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगी जेसीज

वतृक्त्वकला प्रतियोगितामा धुलाबारीकी दिव्या प्रथम

भदौ १४, २०८१, २:०९ .शुक्रबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १४ भदौ । बाहुनडाँगी जेसीजको १४ औँ स्थापना दिवसको अवसरमा काँकरभिट्टामा आयोजित वतृक्त्व कला प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालयकी दिव्या राय प्रथम भएकी छन् ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तरमावि वतृक्त्व कला प्रतियोगितामा उनी प्रथम भएकी हुन् । रायले नगद ७ हजार, प्रमाण पत्र र ट्रफी हात पारिन् ।

त्यस्तै धुलाबारीकै हिमालयन इङ्लिस एकाडेमीकी विद्या बुढाथोकी दोस्रो भएकी छन् ।

आदर्श मावि ईटाभट्टाका विकास गौतम तेस्रो र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजारसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

विजेता विद्यार्थीलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँ लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेताले आगामी असोज ११ र १२ गते धुलाबारीमा हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा सहभागी बन्न पाउने छन् ।

प्रतियोगितामा प्रथम भएकी विद्यार्थी रायले राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा सहभागी बन्न पाउने बाहुनडाँगी जेसीजका अध्यक्ष देवु बानियाँले बताए ।

प्रतियोगिताको प्रमुख निर्णायकमा काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हेमकुमार खड्का, निर्णायक सदस्यमा एम्नेष्टी इन्टरनेशनलका केन्द्रीय उपाध्यक्ष केशव पोखरेल र कन्काई क्याम्पसका प्राध्यापक शेरबहादुर बानियाँ रहेका थिए ।

कार्यक्रममा मेचीनगरका कक्षा–११ र १२ का विद्यार्थीहरुलाई मात्र प्रतियोगितामा सहभागिता गराइएको थियो ।प्रतियोगितामा नगरका ८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपसचिव भण्डारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा जेसीजले गरेको योगदानको खुलेरै प्रशंसा गरेका थिए ।

उनले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले अवसर प्रदान गर्दै आवश्यक तयारी गराउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, बाँनिया बन्धु समाजका केन्द्रीय सल्लाहकार बानियाँ, धुलावारी जेसीजका पूर्व अध्यक्ष केशव पौडेल, सामाजिक अभियन्ता उद्धव बानियाँ, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

दिवंगत मनबहादुर बानियाँको स्मृतिमा भारतको आसम निवासी छोराहरु मुक्ति र निलबहादुर बानियाँ क्षेत्रीद्वारा संरक्षित प्रतियोगिता आयोजना गरिएको थियो ।

बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको स्वागत कार्यकरिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शुष्मा मिश्र, आस्था वाचन कोषाध्यक्ष नित्यानन्द चम्लगाईँले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव कौशल उप्रेती र प्रेस संयोजक जीआर धितालले संयुक्तरुपमा गरेका थिए ।

तेलपानीमा आँखा शिविर

यसैबीच बाहुनडाँगी जेसीजले शुक्रबार नै मेचीनगर–३, स्थित जनता मावि तेलपानीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

शिविरमा ४ सय भन्दा बढीले आँखा जाँच गराएको शिविरका संयोजक बाहुनडाँगी जेसीजका थिम डाइरेक्टर दिवश पौडेलले बताए ।

बाहुनडाँगी जेसीजले यो वर्ष ४५ वटा कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम संयोजक सामुल रायले जानकारी दिए ।

पछिल्लो समाचार

प्रदेशका क्रिकेट खेलाडीले पनि तलब पाउने

अघिल्लो समाचार

मन्त्रालय चित्तनबुझेपछि मनाङेले दिए राजीनामा

Related Posts

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
banner

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार
विद्यालयकाे १०० मिटरभित्र मादक तथा सूर्तिजन्य पदार्थ बन्द गर्न हाेराइजनमा छलफल
banner

विद्यालयकाे १०० मिटरभित्र मादक तथा सूर्तिजन्य पदार्थ बन्द गर्न हाेराइजनमा छलफल

मंसिर १६, २०८२, १२:०७ .मङ्लबार
लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.