झापा, १३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले सात वटै प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ ।
क्यान कार्यसमितिको आज बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।
खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।
यो निर्णय अनुसार सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।
हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्रल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् ।
यसअघि हरेक प्रदेशबाट एक–एक जनालाई समेत सेन्ट्रल कन्ट्याक्टमा राखिएको थियो ।
(अनलाइन खवर)
Discussion about this post