झापा, १३ भदौ । नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत नौ वटा देश र युरोपियन युनियनले स्वागत गरेका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि विदेशी देशहरुले स्वागत गरेका हुन् ।
आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएपछि स्वागत गरेका थिए ।
हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित गरेको थियो ।
अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियनले उक्त विधेयकको स्वागत गर्दै आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पु¥याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने बताएका छन् ।
‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउनेछ’, संयुक्त वक्तव्यमा भनिएको छ ।
ती देशहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
Discussion about this post