२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शहिद धर्मभक्त मावि

संघर्ष समिति भट्टराईलाई प्रअ नबनाउ भन्छ, विद्यार्थी बनाउ

भदौ १३, २०८१, १२:५५ .बिहिबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ भदौ । संयुक्त संघर्ष समितिले आज पत्रकार सम्मेलन गरेर कमल गाउँपालिका–३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नबनाउन चेतावनी दिएको छ ।

कमल गाउँपालिका–३ स्थित शहिद धर्मभक्त माविमा प्रधानाध्यापक नियुक्तिको विषय लिएर आज संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएको हो ।

विद्यार्थी छात्राहरुमा यौन दुव्र्यवहार, बालशोषण, विरुद्ध आरोप लागेका शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गर्न नहुने भन्दै विद्यालयका अभिभावक, पूर्व विद्यार्थी, नागरिक समाजले विरोध गरेका छन् ।

संयुक्त संघर्ष समितिका संयोजक दुरेन नेम्वाङले शिक्षा ऐन २०२८ को संशोधनसहित परिच्छेद १७ को दफा ९३(२) मा व्यवस्था भए अनुसार विद्यालयमा कार्यरत स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पुरा गरेका ज्येष्ठ शिक्षक मात्र प्रधानाध्यापक हुन पाउने प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले २०८१ साउन ३० गते शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्ति गरेपछि विवाद सृजना भएको दावी गरे ।

त्यस्तै आमा समुहकी अध्यक्ष शेलिना राईले पनि २०८१ साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नु भनी नवराज नेम्वाङलाई अनुरोध गरेको पत्र अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति नगरेको र विभिन्न आरोप लागेका व्याक्तिलाई प्रधानाध्यापक बनाउनु गलत भएकोले यसलाई सच्याउनु पर्ने माग गरिन् ।

विद्यालयमा भएका विभिन्न बैठकमा आफुलाई जानकारी नगराउने र एकलौटी रुपमा महत्वपूर्ण निर्णय गर्ने गरेको र प्रधानाध्यापक नियुक्ति जस्तो महत्वपूर्ण निर्णयगर्दा समेत आफुलाई कुनै जानकारी नभएको शिक्षक अभिभावक संघकी अध्यक्ष अमृता लामाको गुनासो छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू मध्ये ज्येष्ठ शिक्षक विद्यालयको प्रशासनिक प्रमुख नियुक्त गर्ने विद्यालय शिक्षा ऐन तथा नियमावलीको स्पष्ट प्रावधान भए बमोजिम समितिले आफ्नो अधिकार प्रयोग गरी प्रधानाध्यापकमा भट्टराईलाई नियुक्त गरेको दावी गरेका छन् ।

पत्रकार सम्मेलनको सहजीकरण संयुक्त संघर्ष समितिका सदस्य बसन्तराज सुब्बाले गरेका थिए ।

शिक्षक भट्टराईलाई प्रअ बनाउन विद्यार्थीको माग

यसैबीच विद्यार्थीले प्रधानाध्यापक नियुक्तिको विषय लिएर विगत केहिदिनदेखि विद्यायलयमा पठन पाठनमा अवरोध भएपछि विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् ।

पठन पाठनमा अवरोध भएपछि प्रधानाध्यापक नियुक्तिको विषयको समस्या समाधान गर्न विद्यालय क्षेत्र वाहिर मिलाउनु पर्ने भन्दै विद्यार्थीले व्यवस्थापन समिति, वडा कार्यालय र प्रहरी चौकी केर्खाको ध्यानाकर्षण गराएका हुन् ।

ज्येष्ठताको आधारमा प्रधानाध्यापक हुन पाउने प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले २०८१ साउन ३० गते शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापकमा नियुक्त गरेपछि झुटो आरोप लगाएर फसाउन खोजेकोले विद्यार्थीले सबैको ध्यानाकर्षण गराएको कक्षा १२ मा अध्यायनरत छात्रा तथा कमल गाउँपालिका–३ नम्बर वडाकी वाल सञ्जाल अध्यक्ष श्रीयानसी ढुंगेलको भनाई छ ।

विद्यार्थीहरुले विद्यालयभित्र गैर अभिभावका साथमा क्यामेरा बोकेका मानिसहरु संघर्ष समितिका नाममा विद्यालयमा प्रवेश गरी शैक्षिक वातावरण अशान्त नबनाइदिन ध्यानाकर्षण पत्र बुझाएको विद्यालय वाल सञ्जालका अध्यक्ष लक्षण चौधरी बताए ।

विद्यालय हाताभित्र निर्विवाद रुपमा अध्ययन अध्यापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, संघ, संगठन, राजनीतिक दल, शिक्षाप्रेमी, बुद्धिजीवीलार्य विद्यार्थीले अनुरोध गरेको छ ।

पछिल्लो समाचार

कर कार्यालयसँग उद्योगी-व्यवसायीकाे गुनासाे

अघिल्लो समाचार

टीआरसी विधेयक प्रमाणीकरण भएपछि विदेशीद्वारा स्वागत

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.