बिर्तामोड, ३० भदौ । त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडकी कर्मचारी मनिषा लोहारको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्र्सना र निन्दा गरेको छ ।
शुक्रबार त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा रिसेप्सन पदमा कार्यरत कर्मचारी अन्दाजी १९ वर्षीया मनिषा लोहारको हत्याप्रति संघले आज विज्ञप्ती जारी गरेर घोर भत्र्सना गरेको हो ।
गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक–पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्याए पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो ।
उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
संघले उक्त घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन र दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ ।
Discussion about this post