१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

अशोज ३, २०८१, २:५७ .बिहिबार
0
0
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असोज । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ ।

आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो ।

चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ ।

‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे जाति भन्ने अझै मान्छेले बुझेका छैनन् । त्यही विषय समेटेर चलचित्र तयार गरिएको छ ।’

चलचित्रका निर्माताहरु अर्जुन मेचे, प्रताप मेचेले सानो जातिले ठुलो पर्दामा पहिलो पटक निर्माण गरेको ‘बिक्रमदेवा’ देश–विदेशमा रहने सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई चिनाउने एउटा अवसर पनि रहेको बताएका छन् ।

करिव एक करोड २० लाख लगानी रहेको चलचित्र झापा र इलामका पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।

उक्त चलचित्रमा कलाकारहरु सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, पुकार भट्टराई, विपिन प्रसाई, रोहन सेन्चुरी, अमर मेचे, नायकको बुबाको रोलमा सुनिल थापा लगायत रहेका छन् ।

आगामी बैशाखमा मेचे समुदायको महान पर्व बैशाखु पर्वमा उक्त चलचित्र प्रदर्शन गरिने मेचे समाज शिवियारी आफतका मेचीनगर सचिव अमर मेचेले जानकारी दिए । उनका अनुसार अहिले भने देश–विदेशमा च्यारिटी सो मात्र गरिने छ ।

नेपालमा पाँच हजार १९३ जना मेचे समुदायको बसोबास छ । त्यसमध्ये धेरै झापामा बसोबास गर्छन् । मोरंग, सुनसरी र अन्य जिल्लामा थोरै मात्रमा मेचे समुदायको बसोबास छ । यी समुदाय नेपालमा सिमान्तकृत तथा लोपोन्मुख जातिमा सूचीकृत छन् ।

पत्रकार सम्मेलनको सहजीकरण मेचे समाज शिवियारी आफतका केन्द्रीय संस्कृति विभाग संयोजक पवनलाल मेचेले गरेका थिए ।

 

 

पछिल्लो समाचार

भूकम्पले क्षति गरेको आठ वर्षपछि खुल्यो धरहरा

अघिल्लो समाचार

संविधान दिवस : धुलाबारी चोकमा दिप प्रज्वलन

Related Posts

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.