मेचीनगर, ३ असोज । चेतनशिल युवा परिवार तथा सामुदायिक सिकाइ केन्द्र धुलाबारीले संविधान दिवसको उपलक्ष्यमा धुलाबारी चोकमा दिप प्रज्वलन गरेको छ ।
मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा संविधान दिवसको उपलक्ष्यमा धुलाबारी चोकमा दिप प्रज्वलन गरिएको हो । वडाध्यक्ष खनालले संविधान दिवसको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले क्षेत्रीय संयोजक कृष्ण कनाल, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, वडा नम्बर १० का वडा सदस्य सोम ओझा, मेची उद्योग बाणिज्य संघ अध्यक्ष खेमराज प्रसाई, मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्का, एमाले १० नम्बर वडाका अध्यक्ष उमेश डाँगी, नेकपा माओवादी केन्द्र मेचीनगर कमिटी सदस्य शाङ्गे शेर्पा, नेकपा (एकीकृत समाजबादी) १० नम्बर वडा अध्यक्ष राजन सापकोटा, संस्था पूर्व अध्यक्षहरु निरोज कट्टेल, प्रकाश पोखरेल, उपाध्यक्ष धनमाया गौतम, सचिव कुलप्रसाद कट्टेल, शिशु साक्षर आधारभूत विद्यालयका अध्यक्ष मनोज घिमिरे, समाज सेवीहरु पदम कटुवाल, नरप्रसाद पौडेल, प्रदिप अधिकारी, किरण श्रेष्ठ, सुनिल राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
चेतनशिल युवा परिवार तथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष उदय बराइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रल्हाद खड्का र सुस्मिता थापाले संयुक्त रुपमा गरेका थिए ।
यसैगरी आज झापाका विभिन्न ठाउँमा संविधान दिवस भव्यताका साथ मनाइएको छ ।
Discussion about this post