४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको जग्गा नापजाँच (भिडियोसहित)

अशोज ५, २०८१, ९:३३ .शनिबार
0
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ असोज । चारआली चोकदेखि चन्द्रगढी जाने सडक दुई किलोमिटर दक्षिणमा रहेको सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा भण्डार गृह निर्माण परियोजनाको विवादित जग्गामा आज नापजाँच गरिएको छ ।

जिल्ला अदालत झापाले पन्ध्र दिनअघि उक्त परियोजनाको विवादित जग्गामा नापजाँच गर्न आदेश दिएपछि शनिबार नापजाँच गरिएको हो ।

परियोजनाको २३ विगाहा ३ कठ्ठा १३ धुर जग्गा मध्ये छत्रबहादुर कार्की, रिता कार्की र राजु कार्कीबाट खरिद गरिएको ४ विगाहा जग्गा मध्ये २ विगाहा जग्गामा विवाद भएको थियो ।

कार्की परिवारले ४ विगाहा जग्गा बाहेक थप २ विगाहा जग्गा आफ्नै भएको दावी गरेर ३ महिनाअघि अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले नापजाँच गर्न भनेपछि परियोजनाले आज घेराबारा गरेको जग्गाको चारै कुनालाई केन्द्रविन्दु बनाएर नापजाँच गरेको छ ।

नेपाल आयल निगमका उपनिर्देशक एवम् परियोजनाको जग्गा संरक्षण समितिका संयोजक समेत रहेका प्रदीप यादवले कार्की परिवारको ४ विगाहा जग्गा मालपोतबाट पास गरेर जग्गा खरिद गरेको दावी गरे । उनका अनुसार ४ विगाहा मध्ये कार्की परिवारले २ विगाहा जग्गा आफ्नो दावी गरेर झापामा मुद्दा दर्ता गरेका छन् ।

परियोजनाले घेराबारा गरेको जग्गामा थप २ विगाहा जग्गा कार्की परिवारले आफ्नो परेको दावी गरेको छ । परियोजनाले २०८० फागुन ३० गते २३ विगाहा ३ कठ्ठा १३ धुरमध्ये कार्की परिवारसँग ४ विगाहा जग्गा खरिद गरेको उपनिर्देशक यादवको भनाई छ ।

परियोजनाले अदालतको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई निवेदन दिएपछि प्रशासनले नापीलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार आज नापी कार्यालयले जग्गा नापजाँच गरेको छ ।

नाप जाँचका क्रममा कार्की परिवारको ठुलो समूहले अवरोध गर्न खोजेपनि दलबलका साथ आएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र परियोजनाका कर्मचारीहरुको सहयोगमा नापी कार्यालयका कर्मचारीले जग्गा नापजाँच गरेको थियो ।

नापी कार्यालयले जग्गा नाप जाँचको रिपोर्ट अदालतमा बुझाएपछि त्यसको केहिदिनमा अदालतले आदेश गर्ने परियोजनाको बुझाई छ ।
उक्त परियोजनाको पाइप लाइनका लागि चारआली स्थित ग्रिनफिल्ड टर्मिनल निर्माणसहितका लागि करिव ९ अर्ब लाग्ने छ । उक्त परियोजनाका लागि भारत सरकारले अनुदान दिने छ । ४२ हजार किलोलिटर अट्ने भण्डारसहितको पाइप लाइन विस्तार हुनेछ ।

आगामी अक्टोबर १५ तारिखतिर उक्त परियोजनाका लागि नयाँ दिल्लीमा नेपाल र भारतका उच्च अधिकारीबीच सम्झौता हुने यादवको भनाई छ । त्यसपछि ठेक्का लागेपछि निर्माण काम धमाधम हुनेछ ।

हाल उक्त परियोजनामा करिव २ करोड लागतमा तार घेराबारा, कल्भट, ड्रेन, कार्यालय भवन, साइनबोर्ड, सुरक्षाका लागि ४ जना गार्ड राख्ने लगायतका काम भइरहेको छ । पहिलो चरणको प्रारम्भिक ठेक्का लोगेर काम सुरु भएको छ ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

दशैं टीकाको उत्तम साइत ११ः३६ मा

अघिल्लो समाचार

दुर्गा प्रसाईं भक्तपुरकाे घरबाट पक्राउ

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.