झापा, ६ असाेज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइवर अपराधकाे मुद्दामा पक्राउ परेका छन् ।
साइबर व्युरोबाट पक्राउ गर्न गएकाे प्रहरीले प्रसाईलाई भक्तपुरकाे घरबाट पक्राउ गरेकाे हाे ।
प्रसाईएक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि प्रहरीले भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो ।
त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो । साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघयाेग गरेका थिए ।
प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन, उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको थियो ।
घरभित्र प्रसाईं र उनीसँगै केही युट्युबर थिए ।
प्रसाईसहित उनीसँगै रहेका युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला लगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा किटानी जाहेरी दिएका थिए ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने, आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा प्रहरीले पक्राउ गरेकाे हाे ।




Discussion about this post