काँकरभिट्टा, ११ असोज । पर्यटन कार्यालय काँकरभिट्टाले आज विश्व पर्यटन दिवसको अवसरमा विदेशबाट आउने पहिलो दुई जना पर्यटकलाई पूर्वी प्रवेशद्वार गेटमा स्वागत गरेको छ ।
आज विहान विश्व पर्यटन दिवसको अवसरमा काँकरभिट्टा नाका हुँदै नेपाल आउने पहिलो पर्यटक भुटानी नागरिक टिवि मगर र मनमाया पुलामीलाई पर्यटन र अध्यागमन कार्यालयका प्रमुखहरुले स्वागत गरेका हुन् ।
उनीहरुलाई पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईले फुलमाला र खादाले स्वागत गरेका थिए ।
Discussion about this post