४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड चिल्ड्रेन हस्पिटल : एक वर्षमा ६ हजार विरामीको उपचार

अशोज १०, २०८१, २:४४ .बिहिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

झापा, १० असोज । बिर्तामोड चिल्ड्रेन हस्पिटलले गत एक वर्षमा ६ हजार ३ जना विरामीको उपचार गरेको छ ।

आज हस्पिटलको तेस्रो बार्षिकोत्सव कार्यक्रममा सञ्चालकले यस्तो कुरा बताएका हुन् ।

बिर्तामोड चिल्ड्रेन हस्पिटलका मेडिकल डाइरेक्टर एवम् बालरोग विशेषज्ञ डा. रुपक आचार्यले हस्पिटलमा भर्ना भएका मध्ये ९९ दशमलव ९ प्रतिशत विरामीको सफल उपचार भएको दावी गरेका छन् ।

डा.आचार्यले गत एक वर्षमा दुई हजार १७८ जना मध्ये ९९.९ प्रतिशत विरामीको सफल उपचार गरेको उनले बताए ।

उनका अनुसार दुई हजार ७५१ जना विरामीलाई ओपिडी सेवा, एक हजार ७४ जना विरामीलाई इमरजेन्सी सेवा, भर्ना भएका ३ प्रतिशत विरामीलाई मात्रै आईसियुमा राख्नु परेको, ९७ प्रतिशत विरामीलाई वार्डमा राखेरउपचार सेवा प्रदान गरिएको छ ।

यसैबीच एक वर्षको अवधिमा एक जना विरामीलाई अथक प्रयासका बावजुद पनि बचाउन नसकिएको डा. आचार्यले जानकारी दिए ।

हस्पिटलमा अधिकांश नवजात शिशु अर्थात एक वर्ष मुनिका बालबालिका उपचार गर्न आउने भएकाले डाक्टरको टिम, सञ्चालक लगायत सबै कर्मचारी संवेदनशिल भएर काम गरिरहेको हस्पिटलकी अध्यक्ष लिला मैनालीले बताइन् ।

२०७९ असोज १० गते १५ शय्या वेडबाट हस्पिटल सुरु गरिएको थियो । उक्त हस्पिटललाई भविश्यमा अत्याधुनिक भवनसहित शय्या थप गरेर विस्तार गर्ने योजना रहेको उनले बताइन् ।

मेनेन्जाईटिस, मुटुको विरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृग्रौला रोग लगायत जटिल रोगका विरामीहरुको सफल उपचार र अटिजम रोग समेत पत्ता लगाएको हस्पिटलको भनाई छ ।

हस्पिटलले एक वर्षमा २४ लाख २४ हजार ३०९ रुपैयाँ विभिन्न उपचार सेवामा छुट दिइएको बताएको छ । फार्मेसीमा दुईलाख ५५ हजार १६५ रुपैयाँ, आईसियुमा ५ लाख १८ हजार ६५० रुपैयाँ, वार्डमा १६ लाख एक हजार ७३१ रुपैयाँ, ओपिडीमा २२ हजार २३७ रुपैयाँ, अन्य विभिन्न शिर्षकमा करिव ३० हजार छुट दिइएको छ । त्यस्तै निको भएर गएका थप विरामीबाट दुईलाख १९ हजार ५८७ रुपैयाँ उठेन बाँकी रहेको हस्पिटलले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, बिर्तामोड–१ स्थित नमुना टोलका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिर्तामोड चिल्ड्रेन हस्पिटलका अध्यक्ष लिला मैनालीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवको कार्यक्रमको स्वागत डा.सुजता मैनाली आचार्यले र सञ्चालन पत्रकार लिला अनमोलले गरेकी थिइन् ।

भिडियाे पनि हेर्नू हाेला ।

पछिल्लो समाचार

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा

अघिल्लो समाचार

पहिलो आउने २ जना भुटानी नागरिकलाई काँकरभिट्टामा स्वागत

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.