२२ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दलहरुले जेसीजबाट विधिको शासन सिक्नुपर्छ : मन्त्री कार्की

अशोज ११, २०८१, २:१२ .शुक्रबार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ११ असोज । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले विधिको शासन लागू गर्न सबै राजनीतिक दलहरुले जेसीजबाट सिक्नु पर्ने बताएका छन् ।

आज धुलाबारी स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा नेपाल जेसीज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘नेपाल जेसीजमा जसरी विधिको शासन अपनाउने गरिएको छ’, मन्त्री कार्कीले भने–‘त्यसरी नै सबै राजनीतिक दलहरुले पनि जेसीजको विधिलाई अनुशरण गर्नुपर्छ । जेसीजबाट सिक्नुपर्छ । सामाजिक र आर्थिक परिवर्तन युवाहरुको सहयोगमा मात्र सम्भव छ ।’

उनले भने ‘जेसीजमा एउटै व्यक्तिले नेतृत्व गरिरहदैन । समय भएपछि युवाहरुमा क्रमशः परिवर्तन र हस्तान्तरण गरिन्छ । नेताहरुले पनि सधैँ पद ओगटेर बस्न हुँदैन । एउटै व्यक्ति सधैँ एउटै पदमा बस्नु हुन्न । पद हस्तान्तरण आवश्यक छ । परिवर्तन आफैबाट सुरु गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोखरेल, कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल (उप्रेती) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलन आयोजक समितिका निर्देशक एवम् जेसीआई सिनेटर अनन्तप्रकाश वस्तीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् सम्मेलन समितिका सभापति जेसी भिमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत धुलाबारी शाखाका अध्यक्ष मञ्जिल रसाईलीले, कार्यक्रमको सञ्चालन शाखाका महासचिव जेसी शिशिर पोखरेल र धुलाबारी जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी सुलभ भण्डारीले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन सत्रपछि पहिलो चरणमा नेपाल जेसीजको प्रकरण गोष्ठी भएको थियो । गोष्ठीमा डायनामिक पव्लिक लाईवेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने, धुलाबारी जेसीज वर्ष २००१ का अध्यक्ष जेसी तेजप्रसाद चौलागाई र नेपाल जेसीज वर्ष २०१६ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी भेषजा काफ्लेले ईनिटेक्ट, ईनोभेट र ईमपेक्टका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, आज राति जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट हुनेछ ।

यसैगरी दोस्रो शनिबारका कार्यक्रमहरुमा तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने धुलाबारी शखाका उपाध्यक्ष शैलेश गौतमले जानकारी दिए ।

क्षेत्र ‘क’ का ४२ वटा शाखा, जुजियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ६०० जना जेसीहरुको सहभागिता रहेको छ । लगातारको वर्षाका कारण केहि सहभागीहरु आउन पाएनन् भने केहि आउने क्रम जारी छ ।

क्षेत्र क सम्मेलनको मुख्य उदेश्य वैदेशिक रोजगारमा विदेश जान लागेका युवाहरुलाई रोकेर आफ्नै देशमा उद्यमशिल बनाउने रहेको छ ।

पछिल्लो समाचार

खरेलले सन्दकपुरमा भेटाए अर्को दुर्लव जन्तु ‘ठुटे खरायो’

अघिल्लो समाचार

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सम्पन्न

Related Posts

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै
banner

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै

पुस २१, २०८२, १:०३ .सोमवार
मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner -2

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार
यी हुन् मेचीनगरबाट छनोट भएका एमाले प्रतिनिधिहरु
banner -1

झापा-१ बाट एमालेका ८ जनाकाे नाम सिफारिस

पुस १९, २०८२, ९:४५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.