झापा, १५ असोज । एक हप्ताअघि आएको अविरल वर्षाका कारण बाढी, पहिरो र विपदबाट हालसम्म २१७ जनाको मृत्यु भएको छ । २८ जना अझै बेपत्ता भएका छन् ।
यही असोज ९ गतेदेखि १२ गतेसम्म लगातारको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेर हालसम्म २१७ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २८ जना अझै बेपत्ता भएका छन् भने प्राकृतिक विपद्मा १४३ जना घाइते भएको जानकारी दिए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताए ।
बाढी प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
Discussion about this post