६ जेष्ठ २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

थिङ्गकर्स क्लबको ‘कुकुर तिहार’ योजना

कार्तिक १०, २०८१, ७:५३ .शनिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० कात्तिक । मेचीनगरमा विचार विमर्श गर्ने युवाहरुको एउटा संस्थाले सामुहिक रुपमा कुकुर तिहार मनाउने भएको छ ।

यही कात्तिक १५ गते कुकुर तिहारका दिन थिङ्गकर्स क्लब मेचीनगरले काँकरभिट्टामा सामुहिक रुपमा कुकुरको पूजा गर्ने भएको छ ।

क्लबले आज ईटाभट्टा स्थित लयाज क्याफेमा आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जानकारी गराइएको हो ।

क्लबका अध्यक्ष आयुष्मान निरौलाले धुलाबारीदेखि काँकरभिट्टासम्मका कुकुरहरुलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाईदिने, रेविज र लुतोको भ्याक्सिन लगाउने, खाना खुवाउने, घर पालुवा र सामुदायिक कुकुरलाई सामुहिक रुपमा कुकुर पूजा गरिने जानकारी दिए ।

क्लबमा आवद्व भएका पशु प्राविधिकको टिमले कुकुरको सेवासहितको स्वास्थ्य शिविर नै सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ ।

‘विश्वको एकमात्र देश नेपालमा कुकुर तिहार मनाइन्छ’, अध्यक्ष निरौलााले भने–‘कुकुरको पूजा गर्नु नेपाल र नेपालीहरुको पहिचान हो । संस्कृति पनि हो । कुकुरलाई घृणा होइन माया गरौँ । कुकुरसँग मित्रवत व्यवहार गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।’

कुकुर तिहार विशेष कार्यक्रममा करिव ५० वटा सामुदायिक कुकुरलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाउने र ५० वटा घर पालुवासहित १०० वटा कुकुरलाई रेविज–लुतोको भ्याक्सिन र खाना खुवाउने योजना रहेको निरौलाले बताए ।

धुलाबारीबाट विहान ७ वजेदेखि सुरु सो अभियान करिव १० वजेसम्म काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष आयुष्मान निरौला, रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कमल कोइराला, पशु प्राविधिक रञ्जु खड्का, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायत अभियानका विषयमा जानकारी गराएका थिए ।

सो अभियानमा रोटरी क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ ईटाभट्टा, उज्यालो यात्रा, प्रगतिशिल युवा क्लब धुलाबारी लगायतका संघ–संस्थाहरुको सहभागिता रहनेछ ।

अन्तरक्रिया तथा पत्रकार सम्मेलनको सहजिकरण क्लबका सचिव अमृत चौँलागाईले गरेका थिए ।

३ वर्ष अगाडि स्थापना भएको क्लबले विभिन्न विषयमा विचार विमर्श गर्ने गरेको छ । सामाजिक विकृति विसंगतिका विरुद्धमा स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने, आवाज उठाउने, लागूऔषध न्युनिकरण र विभिन्न सामाजिक विषयमा अन्तरक्रिया गर्ने गरेको अध्यक्ष निरौलाले बताए ।

पछिल्लो समाचार

बिर्तामोड र दमक भेट्रान्स फाइनल भिड्दै

अघिल्लो समाचार

आयोजकलाई रोलिङ च्यालेन्ज कपको उपाधि

Related Posts

प्रधानन्यायाधीश शर्माले लिए शपथ
banner

प्रधानन्यायाधीश शर्माले लिए शपथ

जेष्ठ ५, २०८३, १:५५ .मङ्लबार
बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.