४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दोस्रो गोरख भेट्रान्स कप

बिर्तामोड र दमक भेट्रान्स फाइनल भिड्दै

कार्तिक ९, २०८१, २:२९ .शुक्रबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ९ कात्तिक । दोस्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिका लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा बिजय हासिल गर्दैै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोस्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो । सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो ।

खेलको तेस्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए । ८ औँ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । १७ औँ मिनेटमा तेन्जिङ भोटियाले ३–० गोल अन्तर बनाए ।

२२ औँ मिनेटमा प्रेम लिम्बुले गोल अन्तर कम बनाए । पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोस्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । दोश्रो हाफको ७ औँ मिनेटमा लिम्बुले गोल अन्तर ३–२ बनाए । ४औँ मिनेट नवित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे ।

इन्जुरी समयमा कर्ण लिम्बुले कर्नरबाट गरेको प्रहारलाई लिम्बुले जाली चुमाउँदै ह्याट्रिक पुरा गरे । ह्रयाट्रिक गरेका लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला समन्वय समिति इलाम नगरपालिकाकी उपमेयर चित्रकला बराइलीले ट्रफी प्रदान गरिन् ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो । दोस्रो हाफको १५ औँ मिनेटमा उनले गोल गरेका थिए ।

अग्रता बनाएको ३ औँ मिनेट नवित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । म्यान अफ दि म्याच निर्णायक गोलकर्ता राई घोषित भए । फाइनल खेल कात्तिक १० गते हुनेछ ।

गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपमेयर चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर बराइली, सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

पछिल्लो समाचार

‘सरकारको १०० दिनभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्यो’

अघिल्लो समाचार

थिङ्गकर्स क्लबको ‘कुकुर तिहार’ योजना

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.