मेचीनगर, १४ कात्तिक । नेपालीहरुको अर्को ठुलो महान पर्व तिहारले सबैलाई छोपिसकेको छ ।
तिहारमा विभिन्न किसिमले रमाइलो गर्ने गरिन्छ । कसैले पटका पड्काएर, झिलिमिलीसँगले बत्ति बालेर, देउसी–भैलो खेलेर रमाइलो गर्छन् ।
आज काग तिहार । सबैले कागलाई विभिन्न किसिमका खाने कुरा दिएर कागको पूजा गरिएको छ । भोलि विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिन्छ । पर्सी गाईको पूजा, निकोर्सी गोवर्धन पूजा र १८ गते भाई टीका लगाइन्छ ।
तिहारमा रमाइलोको नाममा पटका पड्काएर गाँउ वा शहर आतकिंत पार्नु हुँदैन । वायु प्रदूषण र मानिसको स्वास्थ्यमा समेत असर पार्दछ ।
पटका पड्काएर रमाइलो गर्ने प्रचलनले मंगलबार साँझ ५ वजे दमकमा एक बालक घाइते भएका छन् । दमक नगरपालिका–६ बस्ने बर्ष ६ का बालक विद्यम अग्रवालले पटका पड्काउने क्रममा अनुहारमा लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
बालकलाई तत्काल उपचारका लागि दमक स्थित लाइफ लाइन अस्पताल पठाइएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि भारतको सिलीगुडीको अस्पतालतिर रेफर गरिएको प्रहरीको भनाई छ ।
Discussion about this post