२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चारआली खानेपानी चुनाव : काँग्रेस र एमाले एक्ला एक्लै, माओवादीसहितको समूह

कार्तिक २९, २०८१, १:२९ .बिहिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ कात्तिक । सत्ता गठबन्धन सरकारका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले आगामी मंसिर १ गते चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा एक्ला एक्लै भिड्दै छन् ।

संस्थाको छैठौँ कार्यकालका लागि मंसिर १ गते हुने चुनावका लागि काँग्रेस र एमाले एक्ला एक्लै भिड्दै छन् भने सत्ताको प्रतिपक्षमा रहेका दलहरु गठबन्धन गरेर उनीहरुलाई हराउन लागि परेका छन् ।

संस्थामा कार्यसमितिको ९ पद र लेखा समितिको ३ पद गरि १२ पदका लागि २७ जनाको उम्मेदवारी परेको छ ।

काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टा छुट्टै तीन वटा समूह बनाएर उम्मेदवारहरु उपभोक्ता (मतदाता)को घर–घरमा पुगेर चुनावी अभियानमा होमिएका छन् ।

नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील तथा नेकपा माओवादी केन्द्रको समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाज पार्टी नेपाल लगायत रहेका छन् ।

नेपाली काँग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्षमा बालकुमार विष्ट, उपाध्यक्षमा दिपा आचार्य पौडेल, सचिवमा राजेन्द्रप्रसाद रिजाल, कोषाध्यक्ष यामकान्त पौडेल उम्मेदवार बनेका छन् ।

सदस्यमा साविक दुहागढी–४, ५ र ६ बाट खुल्ला सदस्यमा लक्ष्मी घिमिरे, महिला सदस्यमा रम्बा राजवंशी, साविक धाइजन–१, २, ३ र ४ बाट खुल्ला सदस्य धनमाया बस्नेत (नम्रता), साविक धाइजन–५ र ६ बाट महिला सदस्यमा शान्ता नेम्बाङ र खुल्ला सदस्यमा सुकुमार मेचे उम्मेदवार छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा हरिप्रसाद रिमाल र जमुनादेवी खरेल ओली उम्मेदवार छन् ।

यता नेकपा एमालेको प्रगतिशील समूहले अध्यक्षमा सन्तोषकुमार मेचे, उपाध्यक्षमा पुष्पा गौतम खनाल, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल उम्मेदवार छन् ।

खुल्ला सदस्यहरुमा साविक धाइजन–१, २, ३ र ४ बाट राजेन्द्र कार्की, साविक धाइजन–५ र ६ बाट महिला सदस्यमा भागिरथा खतिवडा, खुल्ला सदस्यतर्फ हरिप्रसाद घिमिरे, साविक दुहागढी–४, ५ र ६ बाट खुल्ला महिला सदस्यमा लिलादेवी कार्की, खुल्ला सदस्यमा कुमारप्रसाद भण्डारी उम्मेदवार छन् ।

त्यस्तै लेखा समिति संयोजक पदमा रेवतकुमार दाहाल तथा सदस्यहरुमा श्रीप्रसाद थापा र विमला मिश्र विष्ट उम्मेदवार रहेका छन् ।
यसैगरी माओवादी केन्द्रको नेतृत्वको साझा समूह अध्यक्षका उम्मेदवार राजन चिमरिया, उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे (बादल) उम्मेदवार छन् ।

सदस्यका उम्मेदवारहरुमा डिल्लीराम अधिकारी, चन्द्रकला तदेबुङ्ग, पुरुषोत्तम सिग्देल, अञ्जु फेवादिन, तेजबहादुर लिम्बु चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै लेखा समिति संयोजक अर्जुन खनाल तथा सदस्यहरुमा रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपाने उम्मेदवार रहेका छन् ।

काँग्रेसका लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका विष्ट व्यवसायी एवम् समाजसेवी हुन्, एमालेको प्रगतिशील समूहका अध्यक्ष मेचे मेचीनगर–११ का पूर्व वडाध्यक्ष हुन् भने साझा समूह अध्यक्षका उम्मेदवार राजन चिमरिया नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष हुन् ।

आगामी ३ वर्षे कार्यकाल लागि छैठौँ अध्यक्षसहितको कार्यसमितिका लागि संस्थामा आवद्व २ हजार ६९५ जना मतदाताले मतदान गर्नेछन् ।

यसअघि संस्थाको पहिलो अध्यक्षका रुपमा २०६३ सालमा शरद शिवाकोटी, २०६५ सालमा कुमार भट्टराई, २०६९ देखि २०७८ सालसम्म दुई कार्यकाल लालबहादुर थेवे र २०७८ देखि २०८१ साल कात्तिक सम्मका वर्तमान अध्यक्ष मधुसुदन निरौला रहेका छन् ।

अध्यक्ष थेवेको कार्यकालमा एशियाली विकास बैँकको २० करोडको लागतमा चारआली साना शहरी खानेपानी आयोजना सुरु भएको थियो । २०७४ असोज ३ गते खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले उक्त आयोजनाको उद्घाटन गरेका थिए । संस्थाले नगर विकास कोषको ४ करोड ९३ लाख ७१ हजार ४८९ रुपैयाँ ऋण तिरिरहेको छ ।

पछिल्लो समाचार

गरीबलाई सास्ती दिएर समाजवाद आउँदैन

अघिल्लो समाचार

खुदुनाबारी गोल्डकप : मेचीनगर अन्तिम चारमा

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.