झापा, २ मंसिर । दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने उदेश्यले बिर्तामोडमा ‘नेशनल एडभान्स डेन्टल केयर’ सुरु भएको छ ।
बिर्तामोड आँखा हस्पिटल भवनको तेस्रो तलामा आजदेखि नेशनल एडभान्स डेन्टल केयरले दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा सुरु गरेको हो ।
उक्त डेन्टल केयरको आइतबार एक कार्यक्रमकाबीच पूर्व अर्थ सचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् पूर्व राष्ट्रपति डा.रामवरण यादवका आर्थिक सल्लाहकार सम्भु शरणप्रसाद कायस्थले विधिवत रुपमा उद्घाटन गरेका थिए ।
काठमाडौँको एडभान्स डेन्टल केयर, बिर्तामोड आँखा हस्पिटल र एडभान्स प्याथोलोजी ल्यावको सहकार्यमा नेशनल एडभान्स डेन्टल केयर स्थापना भएको छ ।
दाँतका विरामीहरुका लागि डा.आरती झा, डा.समिर अर्याल, ज्योति अर्याल लगायतको टिमले सेवा प्रदान गर्ने छन् ।
अन्तराष्ट्रिय स्तरको दन्त उपचार, अत्याधुनिक उपकरण प्रयोग, विरामीको सुविधा र सुरक्षामा ध्यान, काठमाडौँमा विगत १८ वर्षदेखिको अनुभव, प्राकृतिक दाँतको सुरक्षा र संरक्षणलाई प्राथमिकता, सेवाग्राहीलाई उचित परामर्श र आवश्यक सल्लाह गरेर मात्र उपचार, दाँतको जाँच र सफाई, बालबालिका मैत्री दन्त उपचार, पीडारहित दाँत निकालिने, फिलिङ्ग, दाँतमा तार बाँध्ने लगायतका सेवाहरु उपलब्ध हुने बिर्तामोड आँखा हस्पिटलका सञ्चालक विनोद दाहालले जानकारी दिए ।
Discussion about this post