२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उर्जा बचतको सम्भावना खोज्दै उद्योगी (भिडियोसहित)

मंसिर १२, २०८१, १२:४६ .बुधबार
0
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ मंसिर । आज उर्जा सम्बन्धी आयोजित एक कार्यक्रममा बक्ताहरुले झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तलमाथि हुने समस्याले उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् ।

बुधबार मेची उद्योग बाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा दक्षताको पर्र्वदन र अवसर’ विषयक कार्यशाला गोष्ठीका व्यवसायी र कर्मचारीहरुले झ्याप्प झ्याप्प वत्ति गइरहने र भोल्टेज तलमाथि हुने समस्याका कारणले उर्जा बचत गर्न नसकेको बताएका हुन् ।

‘झापाका उद्योगहरुमा भोल्टेजको समस्या छ’, इलेक्ट्रिक इन्जिनियर अमोनेन्द्रप्रसाद विश्वासले भने–‘उद्योगीहरुलाई प्राविधिक कुराको ज्ञान छैन । स्वइच अन गर्ने वित्तिकै मिसिन चल्नु पर्यो । भोल्टेज वा अन्य केहि प्राविधिक समस्या हुनसक्छ । त्यता उनीहरुलाई ध्यान हुँदैन । थाहा हुँदैन । बास चल्नु पर्यो, वत्ति बल्नु पर्यो ।’

इलेक्ट्रिक इन्जिनियर विश्वास भारत सिलीगुडी निवासी हुन् । उनी हाल कनकाई प्लाईउड उद्योगमा काम गरिरहेका छन् । उनी ९ वर्षदेखि झापाका विभिन्न उद्योगमा रहेर काम गरिसकेका अनुभवी मेकानिक हुन् ।

यस्तै कार्यक्रममा धाइजन स्थित रितिका डेरीका सञ्चालक योगेन्द्र चिमरियाले उद्योगमा खपत हुने डिजल, दाउरा, विद्युत लगायतका उर्जालाई बचत गर्न र चुहावट हुन नदिन सचेत हुनु पर्ने बताए । उनका अनुसार त्यसका लागि उर्जा, वातावरण सम्बन्धी लेखा परीक्षण समेत गर्नु पर्छ ।

राष्ट्रिय उर्जा दक्षता केन्द्रले युरोपका ठुला देशसँग सहकार्य गरेर नेपालका ठुला–ठुला कम्पनीको ईनर्जी अडिट गरिरहेको छ । केन्द्रले झापाको रितिका डेरीको पनि ईनर्जी अडिट गरिरहेको सञ्चालक चिमरियाले जानकारी दिए ।

ईनर्जी अडिटका लागि एनएमसी डेरीका कर्मचारी र सञ्चालकहरुले केन्द्रका ईन्जिनियरहरुसँग छलफल भइरहेको बताइएको छ ।

उद्योग, धन्दामा आवश्यकता भन्दा बढी खपत हुने उर्जालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने उदेश्यले मेची उद्योग बाणिज्य संघको सहजिकरणमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले स्वास्थ्य जाँचका लागि मानिसको शरिर होलबढी जाँच गरे जस्तै उद्योगको उर्जा चुहावट नहोस् भनेर ईनर्जी अडिट गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय उर्जा दक्षता केन्द्रका प्रमुख अम्रित अभमनी ढकाल, ईन्जिनियर आयुष अधिकारीले उद्योगमा विभिन्न कारणले चुहावट भइरहेको उर्जालाई न्युनिकरण तथा विद्युत बचत गर्न सकिने उपायाका बारेमा प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न एकदिने कार्यशाला गोष्ठीमा प्रसाईले उर्जा खपत र बचतका बारेमा उद्योग सञ्चालकलाई थाहा नहुँने बताए । उनले उर्जा चुहावट रोक्न के गर्न सकिन्छ त्यसका बारेमा उद्योगमा अपरेटर वा प्राविधिकलाई यस विषयमा ज्ञान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना लगायत झापाका उद्योगी व्यवसायी, कर्मचारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

मेची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक गोपाल वस्नेतले गरेका थिए ।

पछिल्लो समाचार

बेवारिसे अवस्थामा ७०० केजी लसुन बरामद

अघिल्लो समाचार

गाई चोरी गरी काटेर खाएको आरोपमा ४ जना पक्राउ

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.