सुरुङ्गा, १२ मंसिर । मंगलबार विहानको राति कनकाई नगरपालिका–३ बस्ने लिलाप्रसाद सिलवालको गोठमा बाँधेर राखेको गाई चोरी गरी काटेर खाएको आरोपमा ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गाई धनी सिलवालले गोठमा बाँधेर राखेको गाई हराएको भन्दै मंगलबार विहान १० वजे इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउन साथ तत्काल प्रहरी टोली परिचालन भएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीले खोजतलास गर्ने क्रममा कनकाई–३ टप्पु चोक स्थित लिला सङग्रौलाको घरमा डेरा गरी बस्ने बुधन आलम, कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई दिउँसो २ वजे पक्राउ गरेको हो ।
उनीहरुले गाई चोरेर आफ्नो कोठामा ल्याई काटेर मासु खाएका थिए ।
बुधनलाई बाह्रदशी गाउँपालिका–४, कुरेसा, दिलवर र महिदा खातुनलाई भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा मंगलबार दिउँसै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Discussion about this post