२६ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बानियाँ प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरुको नाम घोषणा (भिडियोसहित)

मंसिर १३, २०८१, १०:५२ .बिहिबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ मंसिर । यसवर्ष पनि लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभा पुरस्कारबाट तीनजना व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने भएको छ ।

आज धुलाबारीमा आयोजित पत्रकार भेटघाटमा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेका हुन् ।

पुरस्कृत हुनेमा लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कारबाट मेचीनगर–५ कि अनिताकुमारी कार्की, त्यस्तै लाल भागिरथा राष्ट्रिय प्रतिभा पुरस्कारबाट मेचीनगर–७ का देबेन्द्र खरेल र लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट बुद्वशान्ति–५ कि रेणुका संग्रौला चापागाईं रहेका छन् । उनीहरूलाई जनही नगद ३१ हजार पुरस्कारसहित सम्मान गरिने अध्यक्ष बानियाँले जानकारी दिए ।

५७ वर्षीया उत्कृष्ट कृषक कार्की शिक्षण पेशाबाट निवृत जीवनलाई सदुपयोग गर्दे परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारी खेतीलाई व्यवसायिक कृषिमा रुपान्तरण गरेकी छन् ।

अग्र्यानिक तरकारी उत्पादनमा विशेष रुचि राख्ने उनले ५ कठ्ठा जग्गाको करेसाबारीमा ओडब्ल्युडीसी प्रविधिबाट जैविक मल प्रयोग गरेर दर्जनौँ प्रकारका तरकारी, फलफुल र अन्न खेती गरेकी छन् ।

त्यस्तै ५१ वर्षीय राष्ट्रिय प्रतिभा खरेल मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष, वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र सामाजिक अभियन्ता हुन् । उनले ३४० प्रकारका चराको खोज, ४७७ प्रकारका चराको तस्वीर खिचिसकेका छन् ।

उनले मेचीनगर–७ मा नेपालमानै पहिलो पटक हरित परेवा चरा फेला पारेका छन् । त्यस्तै खरेलले इलामको सूर्योदयन गरपालिकामा हङरायो दुर्लभ चरा समेत फेला पारिसकेका छन् ।

यसैगरी, ४३ वर्षीया उत्कृष्ट गृहिणी चापागाईं आफ्ना सन्तानको पालनपोषण गर्ने, ज्येष्ठ नागरिकको स्याहार, उपचार र संरक्षणमा सदैव काम गरिरहेकी छन् । वृद्व अवस्थाका दुवैजना क्यान्सर पीडित सासु र ससुराको नियमित उपचार, हेरचाह गरिरहेकी छन् । वुहारी भएर पनि छोरी सरह सासु–ससुराको स्याहारसुसारमा कमि हुन दिएकी छैनन् ।

प्रतिष्ठानले ८० वर्षमाथिका दुईजना दम्पत्तिलाई समेत नगदसहित सम्मान गर्ने भएको छ । मेचीनगर–११ का ८६ वर्षीय भिमप्रसाद चापागाई र ८८ वर्षीया विष्णुमाया चापागाई नगद एकहजार २ सयसहित सम्मान गरिने भएको छ ।

यही मंसिर २० गते मेचीनगर–११ स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानको छैठौं बार्षिकोत्सवमा तीन जनालाई पुरस्कार प्रदान गरिने भएको हो ।

बार्षिकोत्सवको प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगकी सदस्य एवम् दमक नगरपालिकाकी पूर्व उपमेयर गीता अधिकारी आउने भएकी छन् ।

पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले र सञ्चालन सचिव डम्बर देउजाले गरेका थिए ।

पछिल्लो समाचार

गाई चोरी गरी काटेर खाएको आरोपमा ४ जना पक्राउ

अघिल्लो समाचार

एनएमसीले दियो कर्मचारी तिम्सिनालाई ‘सुनको सिक्का’

Related Posts

मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु
banner -1

मेचीनगरमा ‘एचपीभी’ खोप अभियान सुरु

माघ २५, २०८२, ३:१४ .आइतवार
झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने
banner

झापा–१ : जनमुक्ति पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउँने

माघ २५, २०८२, २:४७ .आइतवार
मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड बुधबारदेखि
box -3

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड बुधबारदेखि

माघ २५, २०८२, १:४० .आइतवार
आर्मी झापा गोल्डकपको क्वार्टर फाइनलमा
banner -2

आर्मी झापा गोल्डकपको क्वार्टर फाइनलमा

माघ २५, २०८२, १:२५ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.