बिर्तामोड, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले २५ वर्ष सेवा पूरा गरेका कर्मचारी गंगाप्रसाद तिम्सिनालाई दीर्घसेवा सम्मान स्वारुप १० ग्रामको सुनको सिक्का प्रदान गरेको छ ।
आज बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित एनएमसीको ३२ औँ वार्षिक साधारण सभामा सुरुङ्गा शाखामा कार्यरत सहायक अधिकृत तिम्सिनालाई १० ग्रामको सुनको सिक्का प्रदान गरिएको हो ।
दीर्घसेवा सम्मानबाट सम्मानित तिम्सिनालाई उक्त सुनको सिक्का कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगर, एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती लगायतले वितरण गरेका थिए ।
Discussion about this post