बिर्तामोड, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले दश वर्ष सेवा पूरा गरेका २३ जना कर्मचारीलाई दीर्घसेवा सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्का प्रदान गरेको छ ।
आज बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित एनएमसीको ३२ औँ वार्षिक साधारण सभामा २०७९÷८० र २०८०÷८१ सालको गरी सो संख्याका कर्मचारीलाई दीर्घसेवा सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको हो ।
कार्यालय सहायक दोस्रो २०८०÷८१ सालको दीर्घसेवा सम्मानबाट ९ जना सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका बरिष्ठ अधिकृत होमनाथ मैनाली, अधिकृत रोहितकुमार गणेश, डेरी व्यवसायबाट कार्यालय सहायक दोस्रो शेखर पौडेल, कार्यालय सहायक दोस्रो कृष्णकुमारी नेपाली, सदस्य सहजकर्ताहरु शान्ति थापा, रुद्रप्रसाद ढकाल (रमेश), सितादेवि भुर्तेल र हिमा प्रधान, कार्यालय सहयोगी प्रथम टिकामाया ढकाल रहेका छन् ।
यसैगरी २०७९÷८० सालको दीर्घसेवा सम्मानबाट १४ जना सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका अधिकृतत्रय कल्पना खरेल, संगिता तामाङ र सुशिला शिवाकोटी, सहायक अधिकृत गिताञ्जली पौडेल, वरिष्ठ सहायक प्रथम झलनाथ भट्टराई, सहजकर्ताहरु जानुका नेपाल सापकोटा, लोकप्रसाद चापागाई, मनकुमारी अधिकारी, राधा डाँगी, सोमी हेमरम, यशोधा गिरी र वेणुप्रसाद अधिकारी, सफाइ सहयोगी प्रथम रुवा राजबंशी र सफाइ सहयोगी दोस्रो ममता मल्लिक रहेका छन् ।
उनीहरुलाई उक्त चाँदीको सिक्का कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगर, एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती लगायतले वितरण गरेका थिए ।
Discussion about this post