२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभा पुरस्कृत

मंसिर २०, २०८१, ११:०९ .बिहिबार
0
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीन जना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ ।

आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक मेचीनगर नगरपालिका–५ कि अनिताकुमारी कार्की, उत्कृष्ट गृहिणी बुद्वशान्ति गाउँपालिका–५ कि रेणुका संग्रौला चापागाईं र राष्ट्रिय प्रतिभा पुरस्कारबाट मेचीनगर नगरपालिका–७ का देबेन्द्र खरेल रहेका छन् । उनीहरू नगद जनही ३१ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।

पुरस्कृत ५७ वर्षीया उत्कृष्ट कृषक कार्की शिक्षण पेशाबाट निवृत जीवनलाई सदुपयोग गर्दे परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारी खेतीलाई व्यवसायिक कृषिमा रुपान्तरण गरेकी छन् ।

अग्र्यानिक तरकारी उत्पादनमा विशेष रुचि राख्ने उनले ५ कठ्ठा जग्गाको करेसाबारीमा ओडब्ल्युडीसी प्रविधिबाट जैविक मल प्रयोग गरेर दर्जनौँ प्रकारका तरकारी, फलफुल र अन्न खेती गरेकी छन् ।

यसैगरी, ४३ वर्षीया उत्कृष्ट गृहिणी चापागाईं आफ्ना सन्तानको पालनपोषण गर्ने, ज्येष्ठ नागरिकको स्याहार, उपचार र संरक्षणमा सदैव काम गरिरहेकी छन् । वृद्व अवस्थाका दुवैजना क्यान्सर पीडित सासु र ससुराको नियमित उपचार, हेरचाह गरिरहेकी छन् । वुहारी भएर पनि छोरी सरह सासु–ससुराको स्याहारसुसारमा कमि हुन दिएकी छैनन् ।

त्यस्तै ५१ वर्षीय राष्ट्रिय प्रतिभा खरेल मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष, वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र सामाजिक अभियन्ता हुन् । उनले ३४० प्रकारका चराको खोज, ४७७ प्रकारका चराको तस्वीर खिचिसकेका छन् ।

उनले मेचीनगर–७ मा नेपालमानै पहिलो पटक हरित परेवा चरा फेला पारेका छन् । त्यस्तै खरेलले इलामको सूर्योदयन गरपालिकामा हङरायो दुर्लभ चरा समेत फेला पारिसकेका छन् । सम्मानितहरुको सम्मान पत्र प्रतिष्ठानका सदस्य मोहनराज दाहालले बाचन गरेका थिए ।

यस्तै प्रतिष्ठानले ८० वर्षमाथिका दुई जना दम्पत्तिलाई समेत नगदसहित सम्मान गरेको छ । मेचीनगर–११ का ८६ वर्षीय भिमप्रसाद चापागाई र ८८ वर्षीया विष्णुमाया चापागाई नगद एकहजार २ सय, खाद्यान्नसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगकी सदस्य एवम् दमक नगरपालिकाकी पूर्व उपमेयर गीता अधिकारीले यो कार्यक्रमले युवा वर्गहरुलाई पूर्खाहरुको सम्मान गर्नुपर्छ भन्ने पाठ सिकाएको बताएकी छन् ।

प्रतिष्ठानले सामज रुपान्तरणमा पुर्याएको यस्तो प्रकारको सम्मानको राज्यका लागि सन्देश पनि रहेको उनको जोड थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगी, पत्रकार चन्द्र भण्डारी, सम्मानित व्यक्तित्वहरु देबेन्द्र खरेल, अनिताकुमारी कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर–११ का भानु आधारभुत विद्यालयका विद्यार्थीहरुले आकर्षक नित्य समेत प्रस्तुत गरेका थिए ।

लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ र सदस्य आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले, सञ्चालन सचिव डम्बर देउजाले र धन्यवादसहितको समापन सदस्य उपेन्द्र बानियाँले गरेका थिए ।

पछिल्लो समाचार

हात्ती प्रभावित क्षेत्रमा ´एक घर, एक वत्ती` अभियान

अघिल्लो समाचार

जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.