झापा, २२ मंसिर । ओमसाइ पाथिभरा नर्सिङ कलेज भद्रपुरले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभिटी) ले कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न लागेको हो ।
चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक बर्ष २०८१÷८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको छ ।
प्रत्येक कार्यक्रममा ४०÷४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ । सीटीइभिटीले शुक्रबार एक सूचना प्रकाशित गर्दै सम्बन्धित कलेजमा भर्नाका लागि आवेदन दिन सकिने जनाएको छ ।
भर्ना फारम सीटीइभिटीको यही मंसिर २७ गतेसम्म प्रवेश परीक्षाका लागि फार्म भरिसक्नुपर्ने । सीटीइभिटीको सूचनामा उल्लेख छ । यस अगाडि इन्ट्रान्स दिन छुटेकाहरुले पुन इन्ट्रान्स फारम भरी यहि पुस ४ गते इन्ट्रान्स दिन सक्ने छ्न ।
त्यस्को लागि सम्बन्धित कलेजमा सम्पर्क राख्न सकिने अस्पतालका प्रशाशक मनोज दाहालले बताए । यसअघि नै स्टाफ नर्सको प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण गरिसकेका (निःशुल्क) बाहेकका विद्यार्थीहरूका लागि पनि सोही कोटामा भर्ना निवेदन दिनसक्ने सीटीइभिटीले जनाएको छ ।
Discussion about this post