४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीमा ‘गुमनाम’ योद्धाहरुको इतिहास कोरिदै

मंसिर २२, २०८१, १:२९ .शनिबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ मंसिर । नेपाल एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले कम्युनिष्ट आन्दोलनका पुराना योद्वाहरुको खोजी गरेर इतिहास प्रकाशन गर्ने भएको छ ।

बिराटनगरमा भर्खरै सम्पन्न विभागको पहिलो बैठकले प्रदेशभरबाट करिव ५० जना पुराना अगुवा राजनीतिक व्यक्तित्वहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको हो ।

कम्युनिष्ट पार्टी स्थापनापछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका ‘गुमनाम’ योद्धाहरुको खोजी गरी दस्तावेज प्रकाशन गर्न लागिएको बैठकपछि विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।

कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्यूनतम ३ जना त्यस्ता ज्येष्ठ अगुवाहरुको इतिहासको दस्तावेजीकरण गरी कम्तीमा ५० जना अग्रजहरुका इतिहास समेटिने गरी प्रचार विभागका उपप्रमुख भीमज्वाला राईको संयोजकत्वमा टिम निर्माण गरिएको हो । उक्त टिममा मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सुमन पूरी, अविजाल विष्ट र हरिबोल आचार्यलाई सदस्य तोकिएको छ ।

बैठकले यही मंसीर २८ गतेका लागि निर्धारित नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न प्रेस चौतारी नेपाललाई प्रभावकारी भूमिका खेल्न निर्देशन पनि गरेको छ ।

बैठकले श्रमजीवी पत्रकारहरुको हितका लागि निर्माण भएको गठबन्धनको नेतृत्वलाई जिताउन र साझा सहमतिका आधारमा जिल्लाहरुको बाँडफाँड तथा उमेद्वारहरुको टुंगो लगाउन चौतारीको कार्यदललाई सहयोग पुर्याउने पनि निर्णय गरिएको विभागका उपप्रमुख भीमज्वाला राईले जनाएका छन् ।

त्यस्तै पार्टी कोशी प्रदेशको मुखपत्र ‘रातो झण्डा’ प्रत्येक ६ महिनामा प्रकाशन गर्ने गरी प्रचार विभागका सचिव यज्ञ शर्माको संयोजकत्वमा सम्पादन मण्डलको गठन गरिएको छ । उक्त सम्पादन मण्डलमा गोपाल काफ्ले र देवेन्द्र कार्कीलाई सदस्य तोकिएको छ ।

उक्त बैठकले पार्टीको सन्देशहरु प्रवाह गर्न उपयुक्त सञ्चार माध्यम सञ्चालनको सम्भाव्यता अध्ययनका लागि प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा सुमन पुरी, गोपाल काफ्ले, नेत्र पी अधिकारी र रेनुका राई सदस्य रहेको कार्यदल गठन गरेकोछ ।

यसैगरी बैठकले सबै जिल्लामा प्रेस चौतारी नेपाल, पार्टीको जिल्ला प्रचार विभाग र पार्टीको कामलाई प्रभावकारी बनाउने उद्देश्यले १४ वटै जिल्लाहरुमा फोकल पर्सनको जिम्मेवारी दिएको छ । सो प्रयोजनका लागि प्रचार विभाग सदस्य गोपाल काफ्लेलाई इलाम र पाँचथर जिल्ला तथा मोहनकाजी न्यौपानेलाई झापा र ताप्लेजुङको फेकल पर्सनको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै प्रदेशमा रहेका सञ्चार गृहहरुलाई संरक्षण र व्यवस्थापन हेतुले प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको संयोजकत्वमा विवरण संकलन र सहयोग कार्यदल गठन गरेकोछ ।

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकको अध्यक्षता प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले गरेका थिए ।

सो बैठकमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराई तथा प्रेस चौतारी कोशी प्रदेश इन्चार्ज गणेश पोखरेलको सहभागिता थियो ।

पछिल्लो समाचार

ओमसाइमा स्टाफ नर्स, एचए र फार्मेसीका कक्षाहरु सञ्चालन हुने

अघिल्लो समाचार

लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति : मेयर बुढाथोकी

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.