दमक, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको व्यापारिक कम्प्लेक्स (विजनेश टावर)को उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो दमक–३, दापगाँछीमा रहेको विजनेश टावरको उद्घाटन गरेका हुन् ।
मुख्य बजार क्षेत्रबाट चार किलोमिटर उत्तरमा रहेको १८ तले टावर एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
चार विघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त टावरलाई स्थानीय र विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत केन्द्रीय, प्रदेश तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post