१६ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रधानमन्त्री ओलीद्वारा आश्रमलाई एक महिनाको तलव दिने घोषणा

मंसिर २३, २०८१, १२:०१ .आइतवार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रमलाई एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका छन् ।

आज दिउँसो प्रधानमन्त्री ओलीले बाहुनडाँगीको मानवसेवा आश्रम भएको भवन उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास कार्यक्रममा उनले सो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा कसैले सहयोग गर्न चाहानेले हात उठाउनु होला भन्दा मन्त्री, सांसद, मेयर, उपमेयर लगायत सर्वसाधारणले पनि सहयोग गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगै संघीय प्राधिकरणका अध्यक्ष, कोशी प्रदेशका मन्त्रीहरु, विराटनगर महानगरपालिकाकी उपमेयर, उर्लाबारी, गौरादह नगरपालिकाकी उपमेयर, गौरीगञ्ज गाँउपालिका उपमेयर लगायतले एक महिनाको तलव सहयोग गर्ने भएका छन् ।

त्यस्तै प्रतिनिधि सभाका सांसद एलपी सावा लिम्बुले २ महिनाको तलव सहयोग गर्ने भएका छन् । कोशी प्रदेशका पूर्व सांसद एवम् व्यवसायी श्रीप्रसाद मैनाली, एमाले नेता भिम खवास, नेकपा एमाले मेचीनगर कमिटीले जनही ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

काँकरभिट्टा स्थित सिटौला मनि चेञ्जरका सञ्चालक चन्द्रप्रसाद सिटौलाले १ लाख दिने घोषणा गरेका थिए । आश्रमलाई सहयाग गर्ने मनहरुको हात बढिरहेकको छ । मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई परिवारले पनि ५१ हजार दिने घोषणा गरेका छन् ।

अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले पालिकाबाट ५ लाख र व्यक्तिगत १ लाख गरेर ६ लाख दिने घोषणा गरे । मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले एक महिनाको तलव दिने बताए । त्यस्तै मेचीनगर नगरपालिकाले आश्रमका लागि १० लाख बजेट छुट्टाएको जानकारी दिएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीकी धर्मपत्ती एवम् प्रथम महिला राधिका शाक्यले पनि दुई महिनाको पेन्सन दिने घोषणा गरेकी थिइन् । आश्रमका अनुसार करिव २६ लाख रुपैयाँ उठने घोषणा भएको छ ।

ओलीले मान्छेलाई असन्तुष्टि पोख्न सजिलो छ, दुई चारवटा गल्ती बोल्न सजिलो छ, तर काम गर्न गाहे हुन्छ, काम गर्ने बानी बसाल्नु पर्ने बताए ।

‘सडकमा अलपत्र मानिस, वेसहारा, अशक्तहरुले सेवाको अपेक्षा गरेका छन्’, ओलीले भने–‘मानवसेवामा समर्पित आश्रमलाई सफलताको शुभकामना छ ।’ मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को १९ औँ बाहुनडाँगी शाखा कार्यालय हो ।

हाल उक्त आश्रममा ३३ जना पुरुष र १० जना महिला गरी ४३ जना सडक मानवको उद्धार गरेर आश्रय दिइरहेको छ । उनीहरुको आश्रमका ८ जना कर्मचारी तथा सहयोगीहरुले सेवा गरिरहेका छन् ।

२०६९ सालमा हेटौडामा आश्रमको मुख्य कार्यालय स्थापना भएको हो । आश्रमको देशभरी १९ वटा शाखा तथा २५ वटा सेवा केन्द्र रहेको छ । देशभर नै खुल्ला आकाश मुनी रात विताउन विवश वेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, मानसिक तथा शारिरिकरुपमा अति कमजोर, अनाथ तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रम मानविय सेवामा निरन्तर सक्रिय रहेको बताइएको छ ।

आश्रमले देशभरबाट हालसम्म १० हजार ८२७ जना स्वादेशी तथा विदेशी सडक मानवहरुको उद्धार गरिसकेको छ । बाहुनडाँगी आश्रममा हाल ५० जनासम्म आश्रय दिएर राख्न सक्ने क्षमता रहेको बताए । आश्रममा रहेका आमा–बुबाहरुलाई हेरचाह, पालनपोषण र उपचार समेतको व्यवस्था गरिएको छ । आश्रममा योग ध्यान, मनोपरामर्श लगायत उद्यमशिलतामा समेत ध्यान दिएको बताइएको छ ।

आश्रमको वृहत गुरु योजना अन्तरगत ५ वर्षभित्र २२ करोड लगानीमा योग ध्यान भवन, उत्पादनमुखी कार्य, १५० जना महिला र पुरुषको छुट्टा छुट्टै भवन लगायतका कामहरु गरिने बताइएको छ ।

आश्रमका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधान र उनका परिवारले २ विघा ५ कठ्ठा जग्गा दान गरेका थिए । उनीहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा देशभरिकै आश्रमको गतिविधिका विषयमा प्रोजेक्टर मार्फत देखाइएको थियो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीले नगरको समग्र विकास र समस्या समाधानका लागि ३१ बुँदे अनुरोध पत्र बुझाएका छन् ।

मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता र कार्यक्रमको सञ्चालन कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले गरेका थिए ।

प्रधानमन्त्री ओली चरदिने चीन भ्रमण सकेर फर्के लगत्तै झापा आएका हुन् । आज भद्रपुर एयरपोर्ट उत्रिएपछि सोझै बाहुनडाँगीको मानवसेवा आश्रम आएका थिए । उनले आश्रमको कार्यक्रम सकिएपछि दमकको विजनेश टावरको भव्य भवन उद्घाटन गरेका छन् ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयका अनुसार आज र भोलि झापाका विभिन्न कार्यक्रम सकेर २५ गते काठमाडौँ फर्किने तालिका रहेको छ ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति : मेयर बुढाथोकी

अघिल्लो समाचार

प्रधानमन्त्री ओलीद्वारा ‘विजनेश टावर’को उद्घाटन

Related Posts

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर
banner -2

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

बैशाख १५, २०८३, १२:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.