चारआली, २७ मंसिर । मेचीनगर–१३ स्थित पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल सर्वसम्मत चयन भएका छन् ।
मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेवेसहित ३ सदस्य थप गर्ने गरी १४ सदस्यीय समिति चयन भएका हुन् ।
त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भूजेल, खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, संगीत शिवाकोटीलाई सर्वसम्मत मनोनित गरिएको छ ।
Discussion about this post