झापा, २७ मंसिर । कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लोकमार्गमा सवारी साधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको २९ हजार ७ सय डलर फेला परेको प्रहरीले बताएको छ ।
नेपाली दररेट अनुसार उक्त डलरको नेपाली रुपैयाँ चालिस लाख ३३ हजार ८५४ रहेको छ ।
Discussion about this post