९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिने

मंसिर २८, २०८१, ३:२५ .शुक्रबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ मंसिर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ ।

नगरको वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोली लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्ध्र दिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमशः १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने जनाइएको छ ।

मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेको बताएका छन् । उनका अनुसार समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक रहेको छ ।

उपमेयर मीना पोखरेल उप्रेतीले अपांगता भएका मानिसहरुको क्षेत्रमा कार्य गर्न नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिसकेको जानकारी दिइन् ।

मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएको मानिसहरुलाइ नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।

लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् ।

त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने उपमेयर उप्रेतीको दावी छ ।

मेचीनगर क्षेत्रमा ३ हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्रत्येक वडामा एक÷एक दिन चल्ने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध हुने बताए ।

उक्त कार्यक्रम सफल पार्न आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुको सेवाहरु रहनेछन् ।

नगरपालिकाले अपाङ्गता भएकाहरुको बिशेष स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रमलाई सबै वडामा प्रभावकारी बनाउनका लागि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष, वडासदस्य, वडासचिव, करुणा फाउण्डेशनका जिल्ला तथा पालिकाका प्रतिनिधि लगायतसंग संयुक्त छलफल समेत चलाएको थियो ।

कार्यक्रमको सहजिकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

अमेरिकी डलरसहित मियाँ पक्राउ

अघिल्लो समाचार

पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी पुनः निर्वाचित

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
झापा–१ मा १०,६९२ जना मतदाता थपिए
box -3

झापा–१ मा १०,६९२ जना मतदाता थपिए

माघ ९, २०८२, ८:५३ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.