मेचीनगर, ११ पुस । अमेरिका (युएएसए) मा बसोबास गर्ने नेपालीहरुको संगठन झापाली समाज अमेरिकाको अध्यक्षमा मोहनकुमार उप्रेती निर्वाचित भएका छन् ।
झापाली समाज अमेरिकाको अध्यक्षमा उप्रेतीले ११४ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी डा.भेषराज मैनालीले ८८ मत मात्र प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्ष पदमा १०४ मत ल्याएर निलम विमली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन ओलीले ९८ मत पाए ।
उपाध्यक्ष पदमा डा.कुमार मैनाली, भुमा खरेल, आसिव संग्रौला र रोशन विमली निर्वाचित भएका छन् । उनीहरु चारैजना निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी महासचिव पदमा ११३ मतका साथ सीता पाण्डे निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी युवराज खनालले ८९ मतमा चित्त बुझाउनु पर्यो । सचिव पदमा तोया पौडेल र कोषध्यक्षमा प्रसन्न संग्रौला निर्वाचित भएका छन् ।
सहकोषाध्यक्षमा उत्सव गौतम, महिला संयोजकमा गौरी रिसाल, युवा संयोजकमा उज्जवल रे र सञ्चार संयोजक एवम् प्रवक्तामा कल्पना पाण्डे निर्वाचित भएका छन् ।
७ जना कार्यकारी समिति सदस्यमा कविन्द्र सिटौला, लक्ष्मी ढुंगाना, दिपा ओली, राजकुमारी (रोजा) ओली, देवेन्द्र शिवाकोटी, कृष्ण तिम्सिना र राजेन्द्र पाण्डे विजयी भएका छन् ।
गत २१ र २२ डिसेम्बरमा भएको समाजको अनलाइन भोटिङमा कुल २१७ मध्ये २०२ अर्थात ९३ दशमलव ९ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका उपआयुक्त खगेन्द्र अधिकारीले जानकारी दिए । नवनिर्वाचित कार्य समितिको कार्यकाल ३ वर्षको रहनेछ ।
समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ ।
३ सदस्यीय निर्वाचन समितिको आयुक्तमा डा.शम्भु ढुंगाना, उपआयुक्तमा अधिकारी र आयुक्तमा डिल्ली थापा रहेका थिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि यहि जनवरी ४ मा भर्चुअल माध्यमबाट पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम तय गरिएको निर्वाचन समितिको भनाई छ ।
Discussion about this post