मेचीनगर, २० पुस । मेची उद्योग बाणिज्य संघ र ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको संयुक्त आयोजनामा सोमबार धुलाबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
सोमबार मेचीनगर–१० स्थित राधास्वामी सत्संग भवनमा आयोजना हुने एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ओमसाई पाथिभरा हस्पिटलका विशेषज्ञ डाक्टरहरुले विभिन्न रोगका विरामीहरुलाई सेवा दिने भएका छन् ।
शिविरमा हाडजोर्नी, स्त्री रोग, आँखा, दन्तसेवा, बाल रोग, नाक, कान तथा घाँटी रोग, युरोलोजी, जनरल फिजिसियन लगायतका सेवा उपलब्ध हुने मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।
उनका अनुसार शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधि, चश्मा लगायतका सामग्री वितरण हुनेछ ।
Discussion about this post