८ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मलाई बोल्न मेचीनगर लेडी जेसीजले सिकायो : अध्यक्ष पोखरेल

पुस २०, २०८१, २:५५ .शनिबार
0
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २० पुस । ‘एउटा सामान्य गृहिणी महिलालाई यहाँसम्म पुर्याउन र बोल्न सक्ने बनाएको नै जेसीजले हो’ यो भनाई हो मेचीनगर लेडी जेसीज वर्ष २०२५ कि सविता पोखरेलको ।

आज काँकरभिट्टा स्थित खानेपानीको सभा हलमा मेचीनगर लेडी जेसीजको ११ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले यस्तो कुरा बताएकी हुन् ।

‘समाजसेवी रीता श्रेष्ठले मलाई यो क्षेत्रमा आउन हौशला दिइन्’, अध्यक्ष पोखरेलले भनिन्–‘सन २०१३ देखि निरन्तर जेसीजको विभिन्न पदमा बसेर समाज सेवा गर्ने मौका पाए । जेसीजले नै मलाई बोल्न सिकायो । यसमा संस्थापक अध्यक्ष कविता शर्माको पनि ठुलो सहयोग छ ।’

उनका अनुसार वर्ष २०२४ विभिन्न कारणले मेचीनगर लेडी जेसीज विवादमा मुछियो, चोट लाग्यो । तर, अब वर्ष २०२५ मा त्यसलाई मलम पट्टि लगाउने काम मेरो नेतृत्वको टिमबाट हुनेछ ।

कार्यक्रममा उनले बोलेर भन्दा काम गरेर देखाउने प्रवृतिको मान्छे भएकोले हाम्रो कार्यकालमा उत्कृष्ट र धेरै राम्रा कार्यक्रमहरु गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।

पोखरेलको नेतृत्वको टिमको कार्यकारिणी उपाध्यक्षद्वय लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरु कृष्णकुमारी प्रसाई (कल्पना), खिना निरौला, नबिना डाँगी र अनिता शाह, महासचिव शर्मिला दाहाल तिम्सिना, सचिव प्रमिला चापागाई, सहसचिव एलिशा बुढाथोकी, कोषाध्यक्ष तेजकुमारी घिमिरे, सहकोषाध्यक्ष सकुन्तला ढकाल, कानूनी सल्लाहकारमा रीता श्रेष्ठ प्रधान, जनसम्पर्क अधिकारी रमा निरौला र तालिम संयोजक सुष्मा राजबंशी छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले जेसीजले समाजमा सबैलाई पढाउँछ, बुझाउँछ र सिकाउने गरेको बताए ।

उनले लोकतन्त्रमा व्यक्तिको शासन हुनु हुँदैन विधिको शासन हुनु पर्छ भन्ने मान्यता सबैले अनुशरण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, राष्ट्रिय उपाध्यक्ष राघव कोइराला, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, संस्थापक महासचिव प्रमिला खनाल, जेसीज पूर्व अध्यक्ष समाजका झापा अध्यक्ष रमेश पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व प्राज्ञ शुभद्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मानार्थ सदस्य प्रमिला गौतम, आजिवन सदस्य शान्ता सिटौला, वोर्ड अवार्ड सुनिता कोइराला र सदस्य अवार्ड ईन्दिरा राई रहेका छन् ।

मेचीनगर लेडी जेसीज वर्ष २०२४ कि अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहसचिव एलिशा बुढाथोकीले तथा सञ्चालन महासचिव रेजिना श्रेष्ठ र शर्मिला तिम्सिनाले गरेकी थिइन् ।

फोटोहरु : देबेन्द्र खरेल

पछिल्लो समाचार

चौतारीको स्थापना दिवसमा जिल्ला अधिवेशन गर्ने निर्णय

अघिल्लो समाचार

सोमबार धुलाबारीमा निःशुल्क स्वास्थ्य शिविर

Related Posts

आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
banner

काँकरभिट्टामा हात्तीकाे आक्रमणबाट एक महिला घाइते

कार्तिक ४, २०८२, ५:२५ .मङ्लबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner -1

मेचीनगरमा करिव १३८ जना कर्मचारी हटाईए

कार्तिक ३, २०८२, ७:१५ .सोमवार
आज एकैदिन कुकुर र लक्ष्मी पूजा
banner

आज एकैदिन कुकुर र लक्ष्मी पूजा

कार्तिक ३, २०८२, ५:५३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.